News of Nation

शिबसताक्षीमा बिद्युत प्राधिकरणको प्रशाखाबाट सेवा सुचारु

दुधे, २४ असार–झापाको शिबसताक्षी नगरका उपभोक्ताहरुले दुधेमा नै बिद्युत महसुुल बुझाउन पाउने भएको छ । बिद्युत प्राधिकरण दमक शाखा अन्तर्गत शिबसताक्षी–११ दुधेस्थित वडा कार्यालय नजिकै प्राशाखा कार्यालय स्थापना गरेपछि बिद्युत महसुल बुझाउन दमकसम्म आवत जावत गुर्नपर्ने बाध्यता समाधान भएको छ ।

दुधेस्थित भूमिगत जल सिचाईको कार्यालयमा बिद्युत प्राधिकरणले आफ्नो कार्यालय स्थापना गरेको छ । हाल, भूमिगत जल सिचाईको कार्यालय बन्द अवस्थामा छ । सोही कार्यालयको भवनमा रहेको एक कोठमा बिद्युत प्राधिकरणको प्रशाखा कार्यालय छ । भूमिगत जल सिचाईको भवनलाई बिद्युत प्राधिकरणले रु ७ लाख खर्च गरेर अन्य ३ वटा कोठाहहरु निर्माण गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी गराए ।

निर्माणधिन बिद्युत प्राधिकरणको प्राशाखा कार्यालय दुधेको पछिल्लो अवस्था बारेमा प्रदेश सांसद झलकसिंह दर्लामी मगरसहित स्थानीय सरोकार व्याक्तिहरुले स्थलगत अवोलकन गर्नुभएको छ । भवन निर्माण सम्पन्न भएसँगै कार्यालय भवनको उद्घाटनको तयारी हुने सांसद दर्लामीले जानकारी दिए । स्थलगत अवोलकनको क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यालय सदस्य प्रेम याम्फु राई, नेकपा नगर सदस्य भुवन राई लगायतका स्थानीय नेताहरु सहभागि थिए ।

नव निर्मित कार्यालय परिसर ४ कठ्ठा जमिनमा फैलिएको छ । कार्यालयमा आउने सेवाग्राहीहरु र कर्मचारीहरुको सवारी साधन पार्किङ लगायत बिद्युत प्राधिकरण सम्बन्धीका सामाग्रीहरु उचित ढंङ्गले राख्न सकिने व्यवस्था भएको छ ।

आइतबार, सोमबार र मंगलबार गरेर सातामा तीन पटक कार्यालयबाट सेवा सञ्चालन भइरहेको छ । कार्यालयमा दुई जना कर्मचारीहरु छन् ।

यता, झिलझिले बजार उत्तरमा रहेको बिद्युत प्राधिकरणको कार्यालय भवनमा नै प्राशाखा निर्माण गरिनुपर्ने भन्दै झिलझिलेवासीहरुले बिरोधसमेत जनाएका छन् । वषौ वर्षदेखी कायम रहेको बिद्युत प्राधिकरणको भवन हुदाँहुदै दुधेतर्फ लैजानु राजनीति स्वार्थ भएको स्थानीयवासीको भनाई छ ।

इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयदेखी उत्तर र नेपाल टेलिकमको टावर भवनबाट दक्षिणमा रहेको बिद्युत प्राधिकरणको भवन हालः जीर्ण बन्दै गएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.