News of Nation

सुन तोलाको ९१ हजार ५०० पुग्यो

काठमाडौं, २४ असार–सुनको भाउ फेरि बढेको छ। हिजो ७ सयले बढेको सुन आज फेरि ६ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। हिजो ९० हजार नौ सयमा कारोबार भएको सुन ६ सयले बढेर ९१ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुन पनि ९१ हजार नाघेको छ। आज ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो।

Facebook Comments

Leave A Reply

Your email address will not be published.