News of Nation

सिटीलाई न्यु क्यासलको चुनौती

एजेन्सी, २४ असार–प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति विभिन्न तीन खेलहरू हुँदैछन् । ती खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले १२ औँ स्थानको न्यु क्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

सिटीको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १०ः४५ मिनेटमा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै सिटी आफूलाई शीर्ष दुईमा बलियो बनाउने योजनामा छ । आजको खेलमा हार व्यहोर्नु परेमा सिटीलाई दोस्रो स्थानबाट पनि खस्कने डर रहनेछ ।

उता न्यु क्यासल सिटीलाई हराउँदै एक स्थान माथि उक्लने योजनामा छ । ३३ खेल खेलेको सिटीको ६६ अंक छ । समान खेल खेलेको लिभरपुल ८९ अंकसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानको चेल्सीको ६० अंक रहँदा सिटीलाई भने जित्नै पर्ने चुनौती छ ।

आज राति नै हुने अर्को खेलमा लिभरपुले ब्राइजटनसँग प्रतिस्पर्धा गर्दैछ । ब्राइजटनको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै लिभरपुल फराकिलो अंकको अन्तरले लिग जित्ने टिमका रूपमा आफूलाई उभ्याउने योजनालाई निरन्तरता दिनेछ ।

त्यस्तै बुधबार राति नै हुने अर्को खेलमा सेल्फिड युनाइटेडले वुल्भससँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार राति १०ः४५ मा सुरु हुनेछ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.