News of Nation

शिबगञ्जमा लागूऔषध तथा साईबर अपराध सम्बन्धी संचेतना कार्यक्रम 

जीवनसिंह राजवंशी शिबसताक्षी, २४ असार–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगञ्जमा आज १ दिवशिय लागुऔषध, दुव्र्यशनी तथा साईवर क्राईम (अपराध) सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । शिबगञ्जस्थित जन आर्दश माध्यमिक बिद्यालयको हलमा कार्यक्रम भएको हो ।

वडाभित्र रहेका युवाहरुलाई लागुऔषध, दुव्र्यशनी तथा साईवर क्राईमबाट बचाउनका लागी सचेतामुलक कार्यक्रमको आयोजना गरीएको हो । लकडाउनका समयमा युवाहरुमा अझ धेरै नकारात्मक बाटोतर्फ जाने सम्भावना हुने भन्दै शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले सचेतनामुलक कार्यक्रमको आयोजना गरीएको वडा अध्यक्ष मनोज कार्कीले बताउनुभयो ।

सचेतनामुलक कार्यक्रममा ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक कोमल ठाकुरले सहजिकरण गर्नुभएको थियो । ईलाका प्रहरी कार्यालय झिलझिलेले शान्ती शुरक्षासँगै नगरका विभिन्न स्थानमा यसअघि पनि सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ ।

कार्यक्रममा वडाका जनप्रतिनिधी कर्मचारी, स्थानीय संघसंस्थाका प्रतिनीधि लगायत गरी ४० जना बढीको सहभागीता रहेको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.