News of Nation

शिबसताक्षी-६ वडा कार्यालय शिबगञ्जले बितरण गर्यो ‘लुगा सिलाउने मेसिन’

जीवनसिंह राजवंशी शिबसताक्षी, २५ असार–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिबगञ्जले वडाभित्रका ७ जनालाई लुगा सिलाउने मेसिन बितरण गरेको छ ।

बिहिबार, शिबगञ्जस्थित वडा कार्यलयले वडाभित्र रहेका शिलाई कटाई गर्न सीप भएर पनि आर्थिक अवस्था कमजोर भएका दलित समुदायका मानिसलाई लुगा सिलाउने मेसिन वितरण गरिएको हो । उनीहरुलाई परमपरागत व्यवसायबाट आधुनिक र प्रविधिसँगै व्यवसायीकरणतर्फ अघि बढाउने उद्धेश्यले लुगा सिलाउने मेसिन बितरण गरिएको वडाअध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए ।

अध्यक्ष कार्कीका अनुसार वडा कार्यालयले प्रति मेसिन १२ हजार ५०० रुपैँयामा गरेर ७ वटा मेसिनको जम्मा ८७ हजार ५०० बरावरको खरिद गरिएको हो । वडामा सीप सिकेका मानिसहरु रहेपनि उद्यमसँग जोड्न नसकिरहेका बेला मेसिन बितरण कार्यक्रमले टेवा पुग्ने वडा अध्यक्ष कार्कीले हाम्रोसरोकारलाई बताए ।

कार्यक्रममा लुगा सिलाउने मेसिन पाएपछि स्थानीय बिर्ख बहादुर महराले खुशीसहितको उत्साह व्यक्त गरे । महराले शिबसताक्षी नगरपालिकाका ६ नम्बर वडा कार्यालयले बितरण गरेको मेसिनले स्वरोजगार सृजना गर्ने र लुगा सिलाउने पेशालाई अझै सम्मानित र मर्यादित बनाउने आशा व्यक्त गरे । लुगा सिलाउने मेसिन बितरण कार्यक्रममा वडा सदस्य बद्रीनाथ खनाल, लक्ष्मीप्रसाद गुरागाई, नरमाया परीयार, उषा कार्की लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.