दमक, २६ असार–मेरुदण्डको हडी भाचिएर घाइते अवस्थामा ओच्छ्यानमा थलिएकी सरस्वती श्रेष्ठलाई झापा दमकको सामाजिक अभियान्ता सम्झना तामाङ र महिमा लिम्वूको टिमले रु ५२ हजारसहित सर्जिकल सामाग्रीहरु प्रदान गरेका छन ।
पाँचथरको हाङगुम घर भई उपचारको क्रममा उर्लावारीमा दिदी–भेनाको घरमा बस्दै आएकी १६ वर्षीया श्रेष्ठलाई स्वदेश तथा विदेशबाट आएको सहयोग आज हस्तान्तरण गरिएको हो । सामाजिक अभियन्ता तामाङको टोलीले विरामीको घरमा पुगेर नगद तथा सर्जिकल सामाग्री हस्तान्तरण गरेका हुन् ।
बिरामी सरस्वतीले रकम ग्रहण गरेपछि सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरिन् । उनले अरु उपचारका लागि देश र विदेशमा रहनु भएका नेपाली दाजुभाई दिदी बहिनी आग्रह गरिन् ।
४ वर्ष अघि हाङगुमको भीरमा गोठाला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाचिएर बिरामी भएकी सरस्वतीको घरमा पुगेर थप उपचारका लागि सहयोग गर्न सामाजिक अभियान्ता सम्झानाको टोलीले केही दिनअघि भिडियो प्रत्यक्ष प्रसारण गरेका थिईन् ।
पाँचथरको हाङगुम घर भएकी सरस्वतीको घरायसी अवस्था नाजुक र उनका बुवाआमाले दैनिक जनमन गरेर परिवारको गुर्जारा चलाउने गरेको अभियानमा सहभागी सञ्चारकर्मी समेत रहनु भएकी महिमा लिम्वूले बताइन ।
सररस्वतीको लागि आउने जति पनि सहयोग उनको परिवारलाई सार्वजानिक रुपमा हस्तान्तरण गर्ने सामाजिक अभियान्ता तामाङले बताईन् ।
बिरामीको स्याहारसुसार गरीरहेकी दिदी जमुना श्रेष्ठले बिराटनगरको नोवेल हस्पिटलसम्म पुराएर उपचार गर्दा २० लाख रुपैया सकिएको र क्रण लागेको गुनासो गरिन । सरस्वतीको उपचार सफल हुन अनुमानित २५ देखी ३० लाख खर्च हुने रुपैयाँ लाग्ने भएको जमुनाले बताईन ।