News of Nation

शिबसताक्षी-६ महिलालाई क्षमता अभिबृद्धी सम्बन्धी झोला बनाउने तालिम सम्पन्न

अनिलदेब राई शिबगञ्ज, २७ असार–महिलाहरुको सीप विकास तथा क्षमताको निर्माण गर्दै समाजमा आत्मानिर्भर बनाउने उदेश्यले झापाको शिबगञ्जमा आयोजित झोला बनाउने तालिम आज सम्पन्न भएको छ । शिबसताक्षी–६ वडा कार्यालय शिबगञ्जले वडाका महिलाहरुलाई झोला बनाउने आयोजना गरेको हो । तालिमको समापन नगर उपप्रमुख भोजकुमारी नेपालले गर्नुभएको छ ।

बिराट प्राविधिक शिक्षा एबम् परामर्श प्रालिले आयोजना गरेका तालिमको समन्वय शिबसताक्षी नगरपालिका वडा नं ६ ले तालिम आयोजना गरेको हो । तालिम स्थानीय उद्योग बाणिज्य संघ शिबसताक्षीको सभाहलमा भएको थियो । तालिममा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का ४७ जना महिलाहरुको सहभागिता थियो ।

शिबसताक्षी–६ शिबगञ्जका वडाअध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए अनुसार वडा भित्रका ४७ जना महिलाहरुले तालिममा सहभागिता जनाएका थिए । तालिममा महिलाहरुले घरायसी कामकाजमा प्रयोग गरिने झोलादेखी कार्यालय, सपिङ वा बिद्यालय सामाग्री बोक्ने बिभिन्न प्रकारका झोलाहरु बनाउन सक्ने भएको अध्यक्ष कार्कीले बताए ।

अध्यक्ष कार्कीले तालिममा सिकेको सीप र क्षमतालाई आफ्नो जीवनमा सधै प्रयोग गर्न सके मात्र तालिम आयोजना गरेको सार्थकता पाउनेमा जोड दिए । उनले तालिममा सिकेको सीपलाई आफ्नो घर-परिवारमा आम्दानीको स्रोत बनाउन वा उद्यम-व्यवसायमा प्रयोग गर्न सुझाएका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कार्कीले वडामा यस बर्षको कार्यक्रमबाट महिलाहरुको सहभागीता उल्लेखनिय रहेको बताँउदै आगामी दिनमा सिकेको सीपलाई उद्यमसँग जोड्न आवस्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा शिबसताक्षी–६ वडा सदस्य लक्ष्मीप्रसाद गुरागाई, बद्री खनाल, उषा केसी, नरमाया परियार, वडा सचिव नवराज घिमिरेको उपस्थिति थियो ।

त्यस्तैं, उद्योग बाणिज्य संघ शिबसताक्षी अध्यक्ष एबम् शिबगञ्जका व्यवसायी भोलानाथ मैनाली, रेडक्रस सोसाइटी शिबसताक्षीका सभापति नाराणप्रसाद दाहाल, प्यावसन प्रदेश १ का उपाध्यक्ष मिलन ढुङ्गाना, आमा समुहकी अध्यक्ष मिना राई, शिबगञ्ज खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष लोकबहादुर रोक्का, भारती न्यौपाने, धनबहादुर राई, पार्वता कडरिया, वडा खेलकुद विकास समितिका अध्यक्ष एबम् व्यवसायी गोकुल बिमली लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रशिक्षक तारा अधिकारी, निर्मला भण्डारीलाई प्रमुख अतिथि नगर उपप्रमुख नेपाल र वडा अध्यक्ष कार्कीले संयुक्त रुपमा मायो चिनो सहित प्रशषापत्र प्रदान गरिएको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.