News of Nation

विदेशबाट आज ११ सय भन्दा बढी नेपाली आउँदै

काठमाडौं, २८ असार–आज बिभिन्न देशबाट ११ सय भन्दा बढी नेपाली स्वदेश फर्किँदैछन्। कोरोना भाइरसको महामारीका कारण अप्ठेरोमा परेका व्यक्तिहरु फर्किने क्रममा आज सबैभन्दा धेरै युएईबाट ३ सय भन्दा बढी स्वदेश फर्किने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

युएईको दुबईबाट नेपाल एयरलाइन्स र फ्लाई दुबईमार्फत ३ सय १५ जना नेपाली काठमाडौं आइपुग्दैछन्। त्यस्तै जापानबाट नेपाल एयरलाइन्समार्फत २ सय ६० जना नेपाली स्वदेश फर्किँदैछन्। बहराइनबाट नेपाल एयरलाइन्स मार्फत् १ सय ५० जना, फिलिपिन्सबाट हिमालय एयरलाइन्समार्फत १ सय २७ जना तथा मलेसियाबाट हिमालय एयरबाटै १ सय ५४ जना नेपाली स्वदेश फर्किने प्राधिकरणले जनाएको छ।

साउदी अरबको दमामबाट हिमालय एयरलाइन्सको जहाजमार्फत १ सय १४ जना नेपाली केहीबेर अघि काठमाडौं आइपुगेका छन्।

Facebook Comments

Leave A Reply

Your email address will not be published.