News of Nation

कोरोना संक्रमितको संख्या विश्वमा १ करोड २३ लाख

एजेन्सी (काठमाडौं०, २८ असार–कोरोना संक्रमितको संख्या विश्वमा एक करोड २३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २३ लाख २२ हजार ३९५ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ५६ हजार ३३५ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.