News of Nation

युनाइटेड बराबरीमा रोकियो

एजेन्सी, ३० असार–म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्यामटनसँग बराबरीमा रोकिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा साउथह्यामटनसँग युनाइटेड २-२ गोलको बराबरीमा रोकिएको हो ।

युनाइटेडको घरेलु मैदानमा अग्रता भने पाहुना टोली साउथह्यामटनले लिएको थियो । १२ औं मिनेटमा स्टुआर्ट आर्मस्ट्रङले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर २० औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

त्यसको तीन मिनेट नबित्दै युनाइटेडका एन्थोनी मार्टियलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले फेर्नान्डेजको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २-१ गोलको अग्रता दिलाए । तर दोस्रो हाफमा पाहुना टोलीले एक गोल फर्काउँदा युनाइटेडलाई अंक बाँड्न बाध्य बनायो । खेलको इन्जुरी समयमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मिकेल ओबाफिमीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै युनाइटेडले अंक तालिकाको तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । युनाइटेडले ३५ खेलमा ५९ अंक जोड्दै पाँचौ स्थानमा रहन पुग्यो । समान अंक भए पनि लेस्टर गोल अन्तरका आधारमा चौथो स्थानमा छ । साउथह्यामटन ४५ अंकसहित १२ औं स्थानमा यथावत छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.