News of Nation

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको प्यानलसहित उम्मेद्वारी घोषणा

काठमाडौं, ३० असार–नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । ढकालले आज ९मंगलबार० बालुवाटारमा एक कार्यक्रम गर्दै प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन् ।

ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ रामचन्द्र संघाई, जिल्ला नगर उपाध्यक्षतर्फ गुणनिधि तिवारीले पनि उम्मेद्वारी घोषणा गरेका छन् ।

वरिष्ठ उम्मेदवारी घोषणा गर्दै ढकालले भने, ‘शेखर गोल्छा अर्को प्यानलमा लाग्नु भएको छ, त्यो अशोभनीय छ । उहाँ सबैको साझा बन्नुप र्छ ।’

कार्यक्रममा उनले अर्को प्यानलका साथीहरुले सबै व्यवसायीको हित गर्न नसक्ने आरोप समेत लगाएका छन् । उनले पहिले पनि आफूहरुले व्यवसायीका समस्या समाधान गरेको दावी गर्दै अबका दिनमा पनि व्यवसायीको हितमै काम गर्नका लागि उम्मेद्वारी घोषणा गरिएको बताए ।

महासंघको निर्वाचन आगामी साउन २५ र २६ गतेका लागि तय भएको छ । महासंघको अध्यक्षमा शेखर गोल्छा विधानतः अध्यक्ष निश्चित भइसकेको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.