News of Nation

भारतको मणिपुरबाट २१ जना महिलालाई उद्धार गरि नेपाल ल्याइयो

दमक, ३० असार–बिभिन्न प्रलोभन देखाएर भारतको मणिपुर पुरयाएका नेपाली महिला तथा कीशोरीहरुलाई उद्धार गरि नेपाल ल्याइएको छ ।

सोमबार राती त्यहाँबाट लामो समयदेखि अलपत्र परेका २१ जना महिला तथा किशोरीहरुलाई नेपाल ल्याइएको हो । लकडाउन भन्दा अघिनै स्थल तथा हवाई मार्गबाट उनीहरुलाई त्यहाँ पुरयाइएको थियो ।

एजेण्टले उनीहरुलाई बिभिन्न देशमा राम्रो कामसंगै राम्रो तलवको लोभ देखाएर त्यहाँ पुरयाएका थिए । उनीहरुको उद्धारमा नेपाल सरकारका उप-सचिव गोमा ढकाल, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डों र माइति नेपालको समन्वयमा उद्धार गरिएको माइति नेपाल १ नम्बर प्रदेश प्रमुख गोबिन्द घिमिरेले बताए ।

उद्धार गरेका उनीहरु देशका बिभिन्न स्थानका रहेका छन् । उनीहरुलाई माइति नेपालको स्नेह गृह सतिघट्टामा राखिएको छ । घिमिरेका अनुसार उनीहरुलाई काठमाण्डौं लगाएतका स्थानमा पुरयाउने तयारी भइरहेको छ ।

यस अघि पनि मणिपुरबाट १ सय ७९ र २३ जना नेपाली महिला तथा किशोरीलाई उद्धार गरि नेपाल ल्याइएको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.