News of Nation

देउवा महाधिवेशन प्रभावित पार्न लागेको पौडेल पक्षको निष्कर्ष

काठमाडौं, ३१ असार–नेपाली कांग्रेसको संस्थापन इनर समूहले सभापति शेरबहादुर देउवा पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधी गर्न लागेको निष्कर्ष निकालेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बुधवार अनामनगरमा सम्पन्न भेलाले संस्थापन पक्ष १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधी गर्न लागेको निष्कर्ष निकालेको हो ।

संस्थापन पक्ष पार्टी प्रवेशका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्न लागेको भन्दै पौडेल समूहले जथाभावी क्रियाशिल सदस्यता वितरण रोक्नु पर्ने पनि निष्कर्ष निकालेको छ ।

भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अजुर्ननरसिंह केसी, डा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायतका नेताहरु सहभागी थिए । भेलामा संस्थापन पक्षले आफूसँग असहमत पक्षलाई अनुशासनका नाममा कारबाही गरेर तर्साउने काम गर्न थालेको पनि निष्कर्ष निकालेको छ ।

विषेश गरी प्रवासमा रहेका कतिपय आफूसँग असहमत नेता–कार्यकर्तालाई कारबाही गरेर संस्थापन पक्षले तर्साउन खोजेको पौडेल समूहको बुझाइ छ ।

पछिल्लो पटक बेल्जियम जनसम्पर्क समितिकी सभापति सीता सापकोटालाई अनुशासन समितिले कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । सापकोटालाई नागरिकता विधेयकमा उपभापति विमलेन्द्र निधिको विचारसँग असहमति जनाएको आरोपमा कारबाही प्रक्रिया अगाडि बढाइएको पौडेल समूहको आरोप छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.