News of Nation

टोटेनहमको जितमा केनको दुई गोल

एजेन्सी, १ साउन–इंग्लिस प्रिमियर लिग फुटबलमा ह्यारी केनको दुई गोलको मद्दतले टोटेनहमले सहज जित निकालेको छ । बुधबार राति न्युकासल युनाइटेडको घरेलु मैदानमा भएको खेलमा टोटेनहामले ३–१ गोलको सहज जित निकालेको हो ।

पाहुना टोली टोटेनहमको जितका लागि ह्यारी केनले दुई तथा सनले एक गोल गरे । न्युकासल युनाइटेडका लागि माट रिटचेयले एक गोल गरे ।

खेलको २७ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । उनले सेल्सोको पासमा गोल गर्दै पहिलो हाफमा १–० गोलको अग्रता दिलाए । दोस्रो हाफमा भने दुबै टोलीले एक एक गाले गरे ।

खेलको ५६ औं मिनेटमा रिटचेयले गाले गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसको चार मिनेट नबित्दै केनले गोल गर्दै टोटेनहमलाई २–१ गोलको अग्रता दिलाए । त्यस्तै खेलको अन्तिम मिनेटमा केनले नै व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोली टोटेनहमलाई ३–१ गोलको सहज जित दिलाए ।

यस जितसँगै टोटेनहम ३६ खेलमा ५५ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ । पराजित न्युकासल युनाइटेडको भने ४३ अंकसहित १३ औं स्थानमा छ ।

त्यस्तै, गए राति नै भएको अर्को खेलमा वुल्भ्स र बर्निलले बराबरी खेलेका छन् । बर्निलको घरेलु मैदानमा भएको खेलमा वुल्भ्सले बर्निलसँग १–१ गोलको बराबरी खेलेका हुन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.