News of Nation

झापाको शिबगञ्जस्थित जनआदर्श मावि नमुना बिकासका लागि छनौट

अनिलदेब राई/शिबगञ्ज, १ साउन–झापाको शिबसताक्षी नगरपालिकाको वडा नं ६ शिबगञ्जस्थित जनआदर्श माध्यमिक बिद्यालयलाई नेपाल सरकारले नमुना बिद्यालयको लागि छनौट गरेको छ । संघीय सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट जनआदर्श माध्यमिक बिद्यालयसहित झापाको कमल गाउँपालिकास्थित कमला–मदन आश्रित स्मृति माध्यमिक बिद्यालय पनि नमुना बिद्यालयको लागि छनौटमा परेको छ ।

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्दबाट आर्थिक बर्ष २०७६।७७ अन्तर्गत नमुना विकासको रुपमा बिद्यालयहरु पर्न नसकेका र २०७६ असोज १६ गते पूर्नः देशभरका बिद्यालयहरुको लागि आवेदनका लागि गोरखापत्रमा सुचना प्रकाशित भएको थियो । सोही, आवेदन बमोजिम शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्दले १ सय वटा बिद्यालयहरु छनौट गरेको हो ।

यसरी छनौटमा परेको बिद्यालयहरु मध्ये प्रदेश १ मा झापाको जनआदर्श र कमला–मदन आश्रित स्मृति मावि, नारायणी माबि, मौवाखोला ताप्लेजुङ, थर्पु माबि याङबरक पाँचथर, जनता माबि (बाह्रकोठे) चुलाचुली र सिहंदेबी माबि आमचौक इलाम, सरस्वती माबि रतुवामाई नगरपालिका र जनसेवा माबि कानेपोखरी मोरङ छन् । त्यस्तैं, आदर्श माबि रामधुनी सुनसरी, पञ्चकृष्ण माबि शहिदभूमी र जालपादेबी माबि पाख्रिबास धनकुटा, मादी मावि मादी र समगरमाथा मावि सिलिचोङ सखुवासभा छन् ।

२०२४ सालमा स्थापना भएको जनआदर्श माध्यमिक बिद्यालयमा हाल कक्षा–११ र १२ सहित उच्च शिक्षाको पठज–पाठन भइरहेको वडा अध्यक्ष एबम् बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए ।

कार्कीले बिद्यालयको बिकासको निम्ति सहयोग गर्न सवै पक्षमा अपिल समेत गरेका छन् । उनले यो सफलता प्राप्त गर्न संघीय सांसद एलपी सावा लगायत बिभिन्न व्याक्तित्वहरुले देखाउनुभएको योगदानको उच्च मुल्याङकन गरेको समेत बताएका छन् ।

 

Facebook Comments

Leave A Reply

Your email address will not be published.