News of Nation

अमेरिकामा कोरोनाको बढ्दो संक्रमणकाबीच मास्कबारे बहस

अमेरिका, २ साउन–अमेरिकामा बिहीबार एकै दिन ७५ हजार नयाँ कोरोना संक्रमित देखिएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार एकै दिन ठूलो संख्यामा संक्रमित फेला परेका यो सातौं पटक हो ।

बढ्दो संक्रमणकाबीच अमेरिकाका केही राज्यहरुमा‘फेस मास्क’ का विषयमा बहस सुरु भएको छ । कोलोराडो र आर्कानसासले सार्वजनिक स्थलमा ‘फेस मास्क’को प्रयोगलाई बाध्यकारी नियम बनाएका छन् ।

जर्जियाका गभर्नरले स्थानीय स्तरमा उक्त नियम लागु गर्न अस्वीकार गरेका छन् । कोलोराडोका गभर्नर जेरेड पोलिस र आर्कानसासका गभर्नर ऐसा हचिनसनले स्वास्थ्य अधिकारीहरुको सुझाव ग्रहण गर्दै आ–आफ्नो राज्यमा नागरिकहरुलाई ‘फेस मास्क’ अनिवार्य गरेका छन् ।

यसअघि उनीहरुले पनि स्वास्थयकर्मीहरुको उक्त सुझाव अस्वीकार गरेका थिए ।

तर, जर्जियाका गभर्नर ब्रायन केम्पले एक आदेश जारी गर्दै सार्वजिनक स्थलमा ‘फेस मास्क’ को अनिवार्य प्रयोग रद्द गरेको बीबीसीले जनाएको छ । उनले भनेका छन्, “नागरिकहरुलाई मास्क लगाउने ‘सल्लाह’ दिइन्छ ।”

Facebook Comments

Leave A Reply

Your email address will not be published.