News of Nation

ठगीको आरोपमा दमकका व्यापारी चन्दन जिन्दल पक्राउ

दमक, २ साउन–ठगीको आरोपमा झापा, दमकका एक जना व्यापारी काठमाडौमा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न जिल्लाका व्यापारीहरुसँग करोडौं रुपैयाँ ठगी गर्ने दमक ६ घर भएका चन्दन जिन्दललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिन्दलले झापा, बारा, पर्सा र सर्लाहीका २२ जना व्यापारीबाट झण्डै ८ करोड रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ ।

जिन्दाले दमकमा हार्डवेयर र घरजग्गाका कारोबार गर्ने बहानामा तीन जनासँग डेढ करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । त्यस्तै, अन्य जिल्लाबाट खाद्यान्न उधारो ल्याइ राजधानीमा सस्तो मूल्यमा बिक्री गरेर रकम लिएर सम्पर्क बिहीन भएको प्रहरीको दावी छ ।

प्रहरीका अनुसार जिन्दलले गत चैत महिनादेखि लकडाउन अवधिमा विभिन्न स्थानमा ठगी गरेको पाईएको छ । पक्राउ परेका जिन्दललाई थप अनुसन्धानका लागि प्रहरीले बारा जिल्ला पठाउने तयारी गरेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.