News of Nation

कनकाई नदिबाट बिस्थापित माइधारकी तारा शेर्माले पक्की घर पाउने भईन्

धरमपुर, ३ साउन–झापाको शिबसताक्षी नगरपालिकाको वडा नं १० माइधार चौक पूर्व कनकाई नदीको किनारामा बसोबास गर्ने तारा शेर्मा लिम्बूको घर केही दिनअघिको बाढीले बगाई लग्यो । एकल महिला शेर्माका दुई छोरी र एक छोरासहित स्थानीय एक घरमा आश्रित थिईन् ।

रेडक्रस सोसाइटी र वडा कार्यालयको पहलमा तत्काल बस्न र खानको प्रवन्ध गरेपनि आफ्ना नानीहरुलाई कहाँ राख्ने, कसरी पाल्ने भन्ने तनावमा बाचिरहेकी तारा शेर्माको श्रीमान केही समयअघि निधन भएको हो । शेर्माका ७ वर्षीय छोरी समृद्धी, ६ वर्षीय दिप्रती र अढाई वर्षका छोरा सन्दिप छन् ।

शेर्मा परिवारलाई मेची अभियानसँग समन्वय गरेर पक्की घर निर्माण गरिने शिवसताक्षी नगरपालिकाकाले जनाएको छ ।

शिवसताक्षी नगरपालिकाको बच्चावगरमा जनता आवास कार्यक्रमका लागि प्राप्त जग्गामा शेर्मा परिवारलाई घर निर्माण गरिने भएको छ । जनता आवास कार्यक्रमको जग्गामा १२ वटा घर निर्माण भईसेका छन् । अब, तारा सेर्माका लागि शिवसताक्षी नगरपालिकाले जग्गा दिने र मेची अभियानले उक्त जग्गामा घर बनाउने पक्का भएपछि १३ वटा घर हुने छन् ।

मेची अभियानका संयोजक सहितको एक टोलीले तारा शेर्माका परिवारका लागि निर्माण हुने जग्गा क्षेत्रको समेत स्थलगत अवलोकन गरेको छ । उक्त टोलीले जग्गा क्षेत्र पायक पर्ने र आधारभुत आवस्यक्ता युक्त क्षेत्र भएकाले यसै सातादेखि घर निर्माण हुने बताएको छ ।

शेर्मालाई करिब ५ लाख बराबरको घर मेची अभियानले निर्माण गरिदिने अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।

पीडित शेर्मामालाई नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिने भएको छ । दैनिक जिविको पार्जन गर्न कठिन भएपछि शेर्मालाई रोजगारी दिने भएको हो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.