News of Nation

झापाको कमल गाउँपालिकामा एक जना कोरोना संक्रमण पुष्टि

केर्खा, ३ साउन–झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका एक जना पुरुषमा कोभिड १९ पोजेटिभ भएको पुष्टि भएको छ ।

साउदीबाट आएर क्वारेन्टाईनमा रहेका कमल गाउँपालिका ५ का ३४ वर्षीय पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाले अहिले सम्ममा २ सय २३ जनाको पिसिआर परिक्षण गरिसेको छ । जसमा २ जनामा पोजेटिभ देखिएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए ।

यस अघि गाउँपालिकाको वडा नम्वर १ मा कोभिड १९ पोजेटिभ देखिएका पुरुष स्वस्थ्य भएर घर फर्की सकेका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.