News of Nation

बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले रु एक करोड मूल्य पर्ने जग्गा प्राप्त गर्यो

दमक, ३ साउन–झापा दमक नगरपालिकाको उत्तरी क्षेत्रका बासिन्दाहरुका लागि लक्षित गरि नयाँ खानेपानी योजना सञ्चालनका लागि स्थानीयहरुवाट एक विगाहा बढी जग्गा जुटेको छ ।

बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्तासहित सरकारी सहयोगवाट गाँउमा खानेपानीको योजना सञ्चालनका लागि करिव रु एक करोड मूल्य पर्ने ती जग्गा प्राप्त गरेका हुन् ।

२०७६ सालको फागुनमा गेहनाथ पोखरेलको अध्यक्षतामा एक उपभोक्ता समिति गठन गरि प्रकृया अघि बढाईएको थियो । त्यही समितिले स्थानीय सरकारको पहलमा अहिलेसम्म खानेपानी योजना निर्माणको डीपीआर तयार गरिएको, विभिन्न चार स्थानमा एक विगाहा ५ कठठ जग्गा प्राप्त भएको, जग्गाको संरक्षणका लागि कम्पाउण्ड वाल घेराबारा लगायतका कामहरु गरिएको, २ स्थानमा हाल बोरिङ गर्ने काम शुरु गरेका हुन् । उनका अनुसार चालु आर्थिक बर्ष २०७७/०७८ मा संघीय सरकारले सो योजनाका लागि रु ७ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सो बजेटको कार्यान्वयन संघीय सरकारलेनै ठेक्का प्रकृया मार्फत गर्ने भएकाले उपभोक्ता संस्थाले आवश्यक समन्वय र निगरानी गर्नेछ । सो आयोजनाको क्षेत्र अन्तर्गत दमकको वडा नं २, ३ र ४ पर्ने जनाइएको छ ।

त्यहाँका आंशिक उपभोक्ताहरुमा अहिले सञ्चालित साना किसिमका खानेपानी आयोजना मार्फत खानेपानी उपभोग गरिरहेका र सो आयोजना सञ्चालनमा आएपछि प्रत्यक्ष रुपमा भुटानी शरणार्थीसहित कूल २८ हजार घरधुरी लाभान्वित हुने अध्यक्ष पोख्रेलले वताए ।

सो आयोजना सम्पन्न गर्न रु ५४ करोड भन्दा बढी लागत लाग्ने डीपीआरमा उल्लेख रहेको दमक ३ का वडाध्यक्ष नविन बरालले जानकारी दिए ।

यसैवीच, समितिले हिजो शुक्रवार उपभोक्तासहित सरोकारवालाहरुसंग हाल योजना सञ्चालनका लागि भईरहेको कामकारवाहीका विषयमा अन्तरकृया गरिएको उपाध्यक्ष लता चापागाईले वताईन् ।

अन्तरकृयामा दमक २ का वडाध्यक्ष प्रजापति सापकोटा, ४ का वडाध्यक्ष कुमार साम्सुहाङ, स्थानीय उपभोक्ता अगुवा झसराज ढकाल लगायतले आवश्यक सुझावसहित सो खानेपानी आयोजनाका सम्भावना र चुनौतीका बिषयमा धारणाहरु राखेका थिए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.