News of Nation

मिगौला पीडित कुमारी खालिङ राईद्धारा उपचारमा सहयोग जुटाइदिन आग्रह

दमक, ४ साउन–दुबै मिगौलाले काम गर्न छाडेपछि थला परेकी ४२ वर्षिया कुमारी खालिङ राईको उपचारमा आर्थिक समस्या भएको छ । पाँचथर फिदिम नगरपालिका वडा नं ९ लुङ्फाबुङ घर भएकी कुमारीको बिराटनगरस्थित एक अस्पतालमा डायोलोसिस् गराइरहेको पीडित परिवारले जनाएको छ ।

सातामा दुई पटक डायोलोसिस् गराउन पर्ने भएपछि यतिवेला कुमारी मोरङको लेटाङ नगरपालिकाको वडाँ नं ८ को जातेमा आफन्तको घरमा आश्रित छन् । उनले भनिन्ः ‘डायोलोसिस्कै लागि फिदिमबाट बिराटनगरसम्म आइरहनु समस्या भयो ।’ उनको दैनिक हेरचार र डायोलोसिस् गराउन लेटाङबाट बिराटनगरसम्म लैजान दुई छोरीहरु जुटेका छन् ।

आर्थिक अवस्था अत्यन्तै कमजोर कुमारीको श्रीमान प्रेम खालिङ पाँचथर फिदिमस्थित लुङ्फाबुङको घर हेरचार गर्दै खेतीपातीमा जुटेका छन् । कुमारीको दुई छोरी र एक छोरा छन् । दुबै छोरीहरु उच्च शिक्षा अध्ययनको क्रममा छन् भने छोरा यसवर्षको एसईईको परिक्षामा सहभागि बन्ने तयारीमा थिए । तर, आफ्नी आमाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि उनीहरुको अध्ययनमा ठूलो पर्खाल बनेर आएको छ ।

गत मंसिरदेखी दुई छोरीसहित ४२ वर्षिया कुमारी खालिङ राई आफन्तको घरमा आश्रित छन् । डायोलोसिस् गर्न सातामा दुई पटक बिराटनगरमा आवत–जावत गर्नुपर्ने भएपछि, कुमारी लेटाङस्थित आफ्नो बहिनी–ज्वाईको घरमा बसोबास गरिरहेका छन् ।

घरको आर्थिक अवस्थालाई बुझेर, अध्ययनसँगै सानो तिनो जागिर खाने र आमाको उपचारमा सहयोग गर्ने दुई छोरीहरुको आशा अझै मरेको छैन् । यतिवेला, दुबै छोरी आमाको स्वास्थ्य सेवामा जुटेका छन् । उनीहरु दुबै पालो पालो गर्दै आमालाई डायोलोसिस् गराउन लेटाङबाट बिराटनगरमा लैजाने गर्छन् । सार्वजनिक सेवाका यात्रुबहाक बसहरु राजमार्गमा चलेका छैनन् तर पनि महङ्गो शुल्कमा अट्टोमा लेटाङ-बिराटनगर र बिराटनगर-लेटाङ गरिरहेको छोरीहरु बताउँछन् ।

प्रेसर र ट्युमरको समस्याले पीडित कुमारीलाई मिगौलामा समस्या थियो भन्ने अत्तोपत्तो थिएन, उनले भनिन्ः ‘प्रेसरको औषधी आइरहेको थिए ।’ तर, केही समयपछि समस्या झनझन बढ्दै गयो र बिर्तामोडको अस्पतलामा परिक्षण गराएको थिए । सो अस्पतालमा परिक्षण गराएपछि, डाक्टरले बिराटनगरको मोरङ हस्पिटलमा जान सल्लाह दिए । सोही अस्पतालमा परिक्षण गराउँदा, मिगौलामा समस्या भएको थाहाँ पाए, कुमारीले भनिन् ।

पीडित कुमारीका अनुसार मंसिरदेखी अहिलेसम्म १४ लाख बढी खर्च भएको छ । ऋणपान गरेर, आफन्तहरुबाट सरसापटी गरेर अनि आफ्नो घरको पशु चौपायाहरु बिक्री गरेर संङ्कलन भएको पैसाले यहाँसम्म उपचार भयो, उनले भनिन्–’अव कसरी उपचार गरौं । म बाँच्न चाहान्छु । मलाई बचाइदिनुहोस् । पैसा आउने ठाउँ केही छैन् । पहाडी गाउँ, जग्गा-जमिनको मुल्य छैन । घर-गाउँ छोडेर परदेश जीवन बिताइरहेकी छु ।’

यता, खालिङ राई बंशावली समाजका अध्यक्ष डम्बर खालिङ (झापा/बाह्रदशी) उपाध्यक्ष खगेन्द्र खालिङ (मोरङ/सौठा), कोषाध्यक्ष सन्तकुमार राई (झापा/पाडाजुङ्गी), सदस्य चन्द्र खालिङ (झापा/धुलाबारी), नरेन राई (झापा/कनकाई) लगायतको एक टोली पीडित कुमारी र परिवारलाई भेटघात गरेर आर्थिक सहयोग समेत गरेका छन् । अध्यक्ष डम्बर खालिङका अनुसार कुमारी बचाउ अभियान सञ्चालन गरेर उपचारमा आर्थिक सहयोग सङ्कलन गरिने योजना अघि बढाइएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.