News of Nation

लेस्टर सिटीमाथी टोटेनहमको सहज जित

एजेन्सी, ४ साउन–टोटेनहमले प्रीमियर लिग फुटबलमा लेस्टर सिटीमाथी सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहमले सिटीमाथी ३९० गोलकओ सहज जित निकालेको हो ।

टोटेनहमको जितका लागि ह्यारी केनले दुई गोल गरे । एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

आत्मघाती गोलबाट अग्रता लिएको टोटेनहमले थप दुई गोल पहिलो हाफमा नै गरेको थियो । खेलको छैटौं मिनेटमा सिटीका जेम्स जस्टिनले आत्मघाती गोल गर्दै घरेलु टोलि टोटेनहमलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा केनले गोल गर्दै अग्रता दोब्बर पारे । उनले लुकासको पासमा गोल गरेका हुन् ।

त्यस्तै, ४० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरे । उनले लुकासकै पासमा गोल गर्दै टोटेनहमलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाए । तर दोस्रो हाफमा कुनै थप गोल हुन नसक्दा खेलमा टिटेनहमले ३-० गोलको सहज जित निकालेको हो ।

यस जितसँगै टोटेनहम तालिकाको छैटौं स्थानमा उक्लिएको छ । ३७ खेल खेलेको टोटेनहमको ५८ अंक छ । यता पराजित लेस्टर सिटी समान खेलमा ६२ अंक सहित चौथो स्थानमा छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.