News of Nation

प्रदेश २ मा सोमबार १०९ जना कोरोनाका संक्रमित थपिए

जनकपुर, ५ साउन–प्रदेश २ मा सोमबार १०९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा संक्रमितको संख्या चार हजार दुई सय ४६ जना पुगेको छ । तीमध्ये दुई हजार सात सय ६६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोमबार थप भएका नयाँ संक्रमितमा धनुषामा २०, महोत्तरीमा १०, बारामा ४६, सर्लाहीमा २२, सप्तरीमा सात र पर्सामा चारजना छन् ।

धनुषाको विदेह नगरपालिकामा चारजना, मिथिला विहारी नगरपालिकामा १२ जना र धनुषाधाम नगरपालिकामा चार नयाँ संक्रमित थपिएका छन् । महोत्तरीको भंगहा नगरपालिकामा एक, बर्दिबासमा आठ र स्थान खुल्न नसकेको अर्को एकजना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बाराको देवताल गाउँपालिकामा ३४, धनकौलमा ६, सुवर्ण गाउँपालिकामा तीन र कलैया उपमहानगरपालिकामा तीनजना थपिएका छन् । सप्तरीको सुरुंगा नगरपालिका, बलान बिहुल गाउँपालिका, विसनपुर गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकामा एकजनाका दरले तथा राजविराज नगरपालिकामा तीनजना नयाँ संक्रमित थपिएका हुन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.