News of Nation

शनबहादुर तामाङको उपचारमा गठित ‘शनबहादुर बचाऊ अभियान’ बिगठन

दमक, ५ साउन–झापाको दमक–३ ढुकुरपानीस्थित बरगाछीका ३४ वर्षिय शनबहादुर तामाङ्गको उपचारमा गठन भएको शनबहादुर बचाऊ अभियानलाई आजदेखी बन्द गरिएको छ । ढुकुरपानीस्थित बरगाछी टोलका ३२ बर्षिय तामाङ चार बर्षदेखी अर्धचेत अवस्थामा ओच्छायनमा थलिएका थिए ।

ओच्छायनमा थलिएको अवस्थामा उनको थप उपचार र सहयोगका लागी गठन गरिएको समिती आज सोमबारबाट औपचारीक रुपमा विगठन भएको हो ।

२०७६ मंसिर १४ गते तामाङको घरमा दमक नगरपालिका कार्यपालिका सदस्य खड्ग धिमाल, दमक-३ का वडाध्यक्ष नविन बराल, समाजिक अगुवा बोधराज घिमिरे, वडासदस्य तनकुमारी दाहाल लगायतको उपस्थितीमा समिती गठन भएको थियो ।

सो समितीले आज दमकमा पत्रकार, सामाजिक अभियान्ता, टोल बिकास समितीका प्रमुख, प्रतिनिधी लगायतको उपस्थितीमा आयब्यय प्रस्तुत गर्दै विगठनको घोषणा गरिएको हो ।

सम्झना तामाङ्ग संयोजक, मनकुमार गदाल सचिव, अनिलदेव राई, चन्द्रमाया तामाङ्ग र तिलमाया बिश्वकर्मा सदस्य रहेको समितीको बैठक ४ पटक बसेको बताइएको छ ।

शनबहादुरको परिवारलाई दुई किस्ता गरेर रु २ लाख ६ हजार २ सय ३० रुपैया उपलब्ध गराएको समिती संयोजक सम्झना तामाङ्गले बताइन् ।

सहयोग समितीको तर्फबाट संयोजक तामाङ्ग र शनबहादुरको बुबा सिंहबहादुर तामाङ्गको नाममा प्राईम कमर्सियल बैक दमकमा खाता खोली सहयोगका लागी अपिल गरिएको थियो ।

जसमा आयतर्फ
नेहा इङनाम-युके रु ६९ हजार, भुपालमान ग्याल्वा-युके रु १०,०७४, रेखा लिम्बु रु १० हजार, महेन्द्र राई रु १५ हजार, सम्झनाकुमारी तामाङ्ग-दमकबाट रु १० हजार, बिनोद शंकर-दमक रु ५ हजार, नाम्गेल कुछे जिन्लव बौद्ध गुम्बा-दमबबाट रु ३१ हजार र अन्य सहयोगी दाताहरुबाट रु ६५ हजार ४ सय ९० गरी जम्मा रु २,१५,५६४ प्राप्त भएको बताइएको छ ।

यस्तै, खर्चतर्फ पहिलो किस्ता सनबहादुरको बुबालाई दिएको रु १,०७,०००, दोस्रो किस्ता रु १,००,२३०, सहयोग समिती खर्च रु २१७५, संचारकर्मी एकतर्फी हवाई खर्च रु ७ हजार फोटोकपी खर्च रु १५९ गरी जम्मा रु २,१५,५६४ रहेको बताइएको छ ।

समितीले शनबहादुरको डाईपर, खाना लगायतका क्षेत्रमा खर्च गरेको थियो भने शनबहादुरलाई उपचारका लागी काठमाडौ लगिएको थियो ।

दुर्घटना भई अर्धचेत अवस्थामा ओच्छायनमा थलिएका उनलाई उपेन्द्र देवकोटा मेमोयिल न्यरोलजिकल अस्पताल बाँसबारीमा भर्ना गरी उपचारका लागी प्रयास गरिएको थियो । तर, उनको उपचार सम्भव नभएपछि घर फर्काएर ल्याइएको थियो ।

उनमा मष्तिक सम्बन्धी गहिरो समस्या भएको तथा शरिर प्यारालाईसिस भएर पुरै बटारिएको छ । तर उनका लागी थेरापी मेसिन खरिद गरेर नियमित थेरापी गरिदै आएको छ । समिती संयोजक तामाङ्गले देश-विदेशबाट सहयोग गर्नुहुने सबै दाताहरुलाई धन्यबाद दिएकी छन् भने शनबहादुरको सहयोगका लागी आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।

शनबहादुरका बुबा सिंहबहादुरले पनि सहयोग समिती र सबै सहयोगी मनहरुलाई धन्यबाद दिए । आभारी प्रकट गरे । सनबहादुरको दयनिय अवस्था देखेपछि सामाजिक अभियान्ता सम्झना तामाङ्गको संयोजकत्वमा शनबहादुर तामाङ्ग सहयोग समिती गठन गरिएको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.