News of Nation

सामाजिक अभियान्ता सम्झानाले दिईन पत्रकार मञ्च दमकको अक्षयकोष निर्माणमा रु ११,१११

दमक, ५ साउन–झापा दमककी सामाजिक अभियान्ता सम्झाना तामाङले पत्रकारहरुको क्षमता विकास र पेशागत अधिकारका निम्ति पत्रकार मञ्च दमकलाई अक्षयकोष निर्माणमा रु ११ हजार १ सय ११ सहयोग उपलब्ध गराएकी छिन् ।

पत्रकार मञ्च दमकको कार्यालयमा सोमबार आयोजित कार्यक्रममा सामाजिक अभियान्ता तामाङले रु ११,१११ नगद सहयोग उपलब्ध गराएकी हुन् । तामाङले सो रुपैया पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाललाई हस्तान्त्रण गरेका छिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य अनिलदेब राई, तामाङकी पिता दमकका व्यवसायी मनबहादुर तामाङ लगायत पत्रकारहरुको उपस्थिति थियो ।

पेशाले तामाङ स्वास्थ्यकर्मी हुन् । उनी, पछिल्लो समय काठमाण्डौलाई कार्यथलो बनाएकी छिन् । तामाङले आफ्नो घरपरिवारमा माता पिता र दाजुको बिशेष वातबरणले सामाजिक तथा परोपकार सेवाप्रति काम गर्न अवसर पाएकी बताईन् । उनले समाज र देशको परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताईन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.