News of Nation

यो समाजको दोसी म !

-बिसरराज चूडाल

-हाम्रो समाजमा परीवर्तन किन आउदैन भने गरीबमा हिम्मत हूदैन । मध्यमलाई फूर्सद छैन र धनीलाई आवश्यक नै छैन । त्यसैले समाज परीवर्तन हूदैन भनेर सफल व्यक्तिले भनेको छन । अवस्य पनि सधै सरकार र जनप्रतिनिधिलाई मात्र दोसी दिने हामी समाज र देशलाई तपाईं र मैले पनि बिगारेको हो भनेर स्वीकार गर्ने कम नै छन । आफ्नो धर्म संस्कृति मास्ने अनी बिदेशी चलन भित्र्याउने । हामीले मनाईने चाडपर्वमा बिकृति भित्र्याउने । पैसा हूनेले पैसा नहुनेलाई पेल्ने तपाईं र म नै हू । यसले समाजलाई असर पूर्याईरहेको छ ।

आफ्नो धर्म संस्कृति मास्ने अनी बिदेशी चलन भित्र्याउने । हामीले मनाईने चाडपर्वमा बिकृति भित्र्याउने । पैसा हूनेले पैसा नहुनेलाई पेल्ने तपाईं र म नै हू । यसले समाजलाई असर पूर्याईरहेको छ ।

हामी सधै सरकारले परीवर्तन गरेन, पैसा खाए भ्रस्टाचार गरे भन्छौ । तर, भोट हाल्ने बेलामा चूनाबको बेला बिचार पूराउदैनौ । असक्षम व्यक्तिलाई मासूभात,र पैसाको लोभमा भोट हाल्छौ । अनी त्यो रकम उठाउन जनप्रतिनिधि भ्रस्टाचार नगर्ने कूरा आयो त ? अहिलेपनि समाजमा भेदभाव विभेद छन । त्यसको बिरुद्ध हामी बोल्दैनौ । आफ्नो स्वार्थको लागि समाजलाई असर हूने काम गर्दा पनि हामी चूप रहन्छौ । कूनै सरकारी काम गराउन धैर्य गर्न सक्दैनौ । कर्मचारीलाई पैसा खूवाएर छिटो छरीतो गराउन चाहन्छौ । त्यसको असर गरीब बर्गलाई पर्छ भन्ने तपाईं मैले कहिले बूझ्ने ? अनी, भ्रस्टाचार बढ्यो भन्ने पनि हामी नै होइन ? बजारमा डस्बीन राखेको हून्छ तर हामी डस्बीनमा फोहोर हाल्दैनौ । फोहोर बाहिर फाल्छौ अनि दोसी अरूलाई देखाउँछौं ।

आफ्नो स्वार्थको लागि समाजलाई असर हूने काम गर्दा पनि हामी चूप रहन्छौ । कूनै सरकारी काम गराउन धैर्य गर्न सक्दैनौ । कर्मचारीलाई पैसा खूवाएर छिटो छरीतो गराउन चाहन्छौ । त्यसको असर गरीब बर्गलाई पर्छ भन्ने तपाईं मैले कहिले बूझ्ने ? अनी, भ्रस्टाचार बढ्यो भन्ने पनि हामी नै होइन ?

केटाकेटीहरूलाई हामी किर्केट र फूटबल खेल्न सिकाउदैनौ । उनीहरुको अगाडि मोबाइलमा पब्जी खेलेर बस्छौ । यसबाट नयाँ पूस्ताले के सिक्ने ? गलत बाटो हिडिरहेका किशोर किशोरीलाई कसैले सम्झायो भनी उल्टै अभिभावक सम्झाउने माथी खनीने तपाईं मेरो चलन छ। बारीमा काम गर्न हामी सिकाउदैनौ । भिडियो बनाउन हामी सिकाउछौ । हामीलाई केटाकेटीकोबाट धम्रपान र मद्यपान टाढा राख्नूपर्छ भन्ने थाहा हूदाहूदै पनि हामी उनीहरुको छेउमा बसेर चूरोट बिडी र दारू खाईरहेको हून्छौ । उनीहरुलाई किन्न पठाउछौ अनी केटाहरू कूलतमा सानै उमेरमा पसे भन्दै गूनासो गर्छौ ।

गलत बाटो हिडिरहेका किशोर किशोरीलाई कसैले सम्झायो भनी उल्टै अभिभावक सम्झाउने माथी खनीने तपाईं मेरो चलन छ।

सरकारले सरफाई अभियान चलाउँछ तर तपाईं मेरो चलन के छ पान खादै जथाभाबी थूक्ने चाहिँ हामी हून्छौ । हामी महगो बढ्यो भन्छौ तर अतीआवश्यक सामान बाहेक अन्य कूराको महगो बढे पनि ती सामान हामी किन्न छाड्दैनौ । हामी निजी विद्यालय पढ्ने बिद्यार्थीलाई अभिभावकले जति फोकस गर्छौ त्यती फोकस गर्दैनौ अनी भन्छौ सामूदायिक बिद्यालयको पढाई स्तर गतिलो छैन भन्छौ । मानिस जती शिक्षित भएपनि एसिड आक्रमण गर्ने । जातीय विभेद गर्ने । एक्लै महिला भेटे बालात्कार गर्ने अझै छ।

मानिस जती शिक्षित भएपनि एसिड आक्रमण गर्ने । जातीय विभेद गर्ने । एक्लै महिला भेटे बालात्कार गर्ने अझै छ।

यि त उदाहरण मात्र हून तपाईं, मैले धेरै गल्ती काम गरीरहेको छौ । यसको प्रभाव समाज र देशमा छ । अझ भनौ हामी धेरै पाटीको कार्यक्रर्ता यस्तो छौ की आफ्नो पार्टीले सयौ गल्ती गर्दा पनि बिरोध उठाउदैनौ, पाटी माथि प्रश्न उठाउदैनौ अनी अन्यलाई दोस्ने चलन छ । हामीमा हामी एक अर्कोलाई आरोप लगाउछौ तर हामी सूध्रीदै अघी बढ्ने कहिले ? हामीमा आफू परीपक्क भए पूग्छ तर आफू बाहिरकोले कसरी गूजारा गरीरहेका छन हामीमा त्यो मतलब नै छैन ।

अझ भनौ हामी धेरै पाटीको कार्यक्रर्ता यस्तो छौ की आफ्नो पार्टीले सयौ गल्ती गर्दा पनि बिरोध उठाउदैनौ, पाटी माथि प्रश्न उठाउदैनौ अनी अन्यलाई दोस्ने चलन छ ।

आम मानिसको स्वास्थ्य रक्षाको लागि कोराना भाईरस नियन्त्रणको लागि सरकार बनिरहेको छ । माक्स लगाऔ भिडभाडमा नजाऔं भन्यो खै कती पालना भए त ? सरकारले भनेको कूरा । यस्ता अनेकौ दोसी हामीमा छौ जबसम्म तपाईं र म सूर्दीदैनौ तबसम्म हाम्रो समाज र देशमा कहिले परीवर्तन आउदैन तपाईं हामी सूध्रीदै अघी बढे मात्र देश परीवर्तन आउने छ प्रस्ट छ । सबै जात धर्म हाम्रो देशको मौलिक धर्म किरात, हिन्दू, बौद्ध, जैन, बौन लगायत सबै मिली बसेर एक जूट भएर देश परीवर्तन गर्नूपर्ने देखिन्छ ।

सबै जात धर्म हाम्रो देशको मौलिक धर्म किरात, हिन्दू, बौद्ध, जैन, बौन लगायत सबै मिली बसेर एक जूट भएर देश परीवर्तन गर्नूपर्ने देखिन्छ ।

शिवसताक्षी–४ (बिश्वडूब्बा) झापा

Facebook Comments

Leave A Reply

Your email address will not be published.