News of Nation

म्यानचेस्टर सिटीको साँघुरो जित

एजेन्सी, २ कार्तिक–म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा साँघुरो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले आर्सनलमाथि १–० को साँघुरो जित निकालेको हो ।

सिटी अफ म्यानचेस्टर स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल रहिम स्टर्लिङले गरेका थिए । उनले खेलको २९ औं मिनेटमा गरेको गोल नै सिटीको जितका लागि पर्याप्त बन्यो ।

पेनाल्टी क्षेत्र भित्रबाट मिडफिल्डर फिल पोडेनले गरेको प्रहार आर्सनलका गोलरक्षक बर्नड लेनोले क्लियर गरेका थिए । लेनोले क्यिर गरेको बललाई स्टर्लिङले सोझै गोलमा परिणत गरेका थिए । त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन ।

जितसँगै सिटीले चार खेलबाट ७ अंक जोडेको छ । पाँच खेल खेलेको आर्सनलको भने ९ अंक छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.