News of Nation

विश्लेषणः हिंशाको बिजारोपण कसले गर्यो ? ओलीको अहंकार कि विप्लवको संमयमताले ?

–सुमनसिंह पौडेल

‘ओलीको अहंकार र गैरजिम्मेवारी पन नै हिंसाको प्रमुख कारण हो’

सामाजिक संजाल प्रयोगकर्ताहरु ‘नेपालमा हिंसा सुरु भयो-‘विप्लव’ ब्यक्ती हत्यामा उत्रीयो, हिंस्रक गतिबिधी सुरु गर्यो भनेर चिच्याइरहेका छन । यो कस्तो बतासे चिच्याहट हो ?

यतिबेला नेपालका कतिपय पत्रकार, बुद्धिजिवी भन्न रुचाउने स्वनामधन्य अनुहार, अधिकारकर्मीको नाममा पुँजीवादी लुटको रक्षा गरिदिने ठेक्का चलाइरहेका कथित प्रजातन्त्रका हिमायति, र सामाजिक संजालमा चलेका घण्टा घण्टाका हावाहरुमा ह्वात्तै बहकिने सामाजिक संजाल प्रयोगकर्ताहरु ‘नेपालमा हिंसा सुरु भयो-‘विप्लव’ ब्यक्ती हत्यामा उत्रीयो, हिंस्रक गतिबिधी सुरु गर्यो भनेर चिच्याइरहेका छन । यो कस्तो बतासे चिच्याहट हो ?

जसले न बिगतलाई पर्गेल्न सकेको छ नत वर्तमानलाई । टिप्पणिकर्ताहरुका यस्ताखाले प्रवृति आफ्नै अधिकार र न्यायका निम्ति बलिदानीपुर्वक संचालन गरिएको क्रान्तिलाइ गला निमोठ्न हात अगाडि बढाउन खोजिरहेका छन भन्ने भान हुन्छ । यस्ताखाले प्रवृतीहरु आफ्नै न्यायका निम्ति संचालित क्रान्तीको बिरोधमा चलाइएको नियोजित हावा संगै बहकिएर आफ्नो खुट्टामा आंफै बन्चरो सांध्न खोजिरहेका छन । डलरे भावनाको बतासमा बहकिनु पुर्व वर्तमान सत्ताको शोषणकोको जुवाले किचिरहेको आफ्नो उत्पीडनको धरातललाइ सबैले स्मरण गर्न सान्दर्भिक हुन्छ । साथै सहि र गलत छुट्याएर आफ्नो र यो रास्ट्रको आगामी भविष्यलाई न्याय प्रदान गर्न आवश्यक छ ।

लिपुलेकमा भएको भारतिय अतिक्रमणबिरुद्ध सर्वप्रथम ससक्त रुपमा  ‘लिपुलेक हाम्रो हो’को नारा लगाएर नेपाल कम्युनिस्ट पार्टी सडकमा आयो ।

थोरै, बिगत तिर जाऔं-रास्ट्रीयता, जनतन्त्र र जनजिविकाको पक्षमा आफ्नो उपस्थिती जनाएर जनताको बिचमा शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेको पार्टीलाई प्रतिबन्ध कसले लगायो रु केपि र प्रचण्डले लगाए जवाफ अगाडि छ । लिपुलेक क्षेत्रमा भएको भारतिय अतिक्रमणबिरुद्ध सर्वप्रथम ससक्त रुपमा” लिपुलेक हाम्रो हो” को नारा लगाएर नेपाल कम्युनिस्ट पार्टी सडकमा आयो । एनसिएलको कर छली बिरुद्ध संघर्ष र जनकारबाही , भ्रस्टचारीहरुलाइ जनकारबाही, सुकुमबासीमाथी भएका अमानविय अत्यचार बिरुद्धका संघर्ष, महिला, दलित र उत्पिडित जनता बिरुद्ध भएका अपराधका बिरुद्ध संघर्षहरु , सामाजिक असमानता र अन्यायहरुका बिरुद्ध नेपाल कम्युनिस्ट पार्टिले जनताकोबिचमा रहेर संयमतापुर्वक जनसंघर्स संचलान गर्दै आयो । कहिलेपनि हिंसा र युद्धको कुरा नेपाल कम्युनिस्ट पार्टिले गरेन ।

सेना प्रहरी सबैलाइ संबोधन गर्दै रास्ट्र र जनताको पक्षमा मिलेर अगाडि बढौं भनेर निरन्तर अनुरोध गरिरह्यो । तर यसको बदलामा लुटपाट र सोसणको रक्षक बनेको केपि ओलि सरकारले नेपाल कम्युनिस्ट पार्टी माथी ०७५ फागुन २८ गते बाट हिंसात्मक प्रतिबन्ध थोपर्यो । र प्रतिबन्धको आड र ओलिको अहंकारको रवाफमा ओलिको सामाजिक फासिवादी सरकार ब्यक्ती हत्यामा उत्रीयो ।

निहत्था कुमार पौडेलको हत्या गर्यो । तिर्थ घिमिरेलाई कुटि कुटि मार्यो । नीर कुमारलाई पक्राउ गरि हात बांधेर खोल्सामा लगेर गोलि हानेर मारियो । कपिलबस्तुमा पार्टिका कार्यकर्तालाइ गोलि प्रहार गरियो । दर्जनौ स्थानमा गोलि प्रहार गरियो । हजारौं लाई गिरफ्तार गर्नुका साथै चरम यातना र झुटा मुद्धाहरु लगाएर अमानविय दुख दिने काम भयो । अर्थात जनताले संयमतापुर्वक संचालन गरेको आन्दोलनलाइ दबाउन ओलिको अहंकारि रवाफ क्रुर र अमानविय बन्दै गयो ।

यि विषय यस आलेखको सुरुवातमा संबोधन गरिएका बुद्धिबिलास गर्ने सम्पुर्ण महानुभाव हरुलाइ अवगत छ । त्यसैले थोरै अगाडि फर्कौं र सबैले समीक्षा गरौं हिंसाको कारण केपिको ओलिको अहंकार हो कि बिप्लवको संमयमता रुरु हिंसाको बिज ओलि अहंकारले रोप्यो कि, बिप्लवको संमयमता ले रु हिंस्रक ओलिको अहंकार हो कि, बिप्लवको जवाफदेहिता ?

जनयुद्धलाई धनयुद्धमा रुपान्तरण गरेर पुंजिवादी डाकाहरुका टांङ्ग मुनि छिरेका लम्फुहरुको धोका धडी र बैमानी द्वारा श्रीजित दलाल पुंजिवादी सत्ताको कारण पैदा भएको जन संकटको निवारण के बिप्लवले पनि लुटेराहरुको टांङ्ग मुनि छिरेर झण्डावाल गाडिमा हिड्नु हुन्थ्यो होला त ? के प्रकाण्ड सत्ता लिप्सामा मदहोस भएर कुर्ची दाउपेचमा धपेडि गर्नु हुन्थ्यो होला त रु पक्कै पनि झापा बिद्रोह, जनयुद्ध र सबै न्यायपुर्ण आन्दोलनहरुको सपना यो होइन र थिएन । १० औं हजार शहिदहरुको बलिदानिको मूल्य यस्तो थिएन र होइन ।

अहंकारी ओलि र धुर्त दहाल जस्ता हुतिहाराहरु जनताका दुश्मनहरुसंग आन्द्रा जोड्दै दलालहरुका लुटको सुरक्षा गर्न गए भन्दैमा जनताको सपनालाइ बिप्लवहरुले लत्याएर कुनै कुनामा वा दुरदराजमा गुमनाम बस्न सकेनन ।

जनताको सत्ता निर्माण गर्ने यस्तो दुसित अभिस्ट कम्युनिस्ट आन्दोलनको कदाचित होइन । अहंकारी ओलि र धुर्त दहाल जस्ता हुतिहाराहरु जनताका दुश्मनहरुसंग आन्द्रा जोड्दै दलालहरुका लुटको सुरक्षा गर्न गए भन्दैमा जनताको सपनालाइ बिप्लवहरुले लत्याएर कुनै कुनामा वा दुरदराजमा गुमनाम बस्न सकेनन । त्यसैले बिप्लवीहरु दुख र संकटका कहालिलाग्दा भिर चढ्न तम्सिए, हिम्मत गरे ।

बिप्लव-प्रकाण्डलाई जनताको झुपडि नै प्यारो भयो । नेपाल कम्युनिस्ट पार्टी शहिदहरुको बलिदानिको स्मरण गर्दै बलिदानिको सपथ सिरोधार्य गरेर कि मुक्ती कि मृत्युको मार्ग हिंड्न थाल्यो । ओलिको अहंकार र दहालको धुर्त्याइंले यसलाइ लुटेरा देखे । विभिन्न मंचबाट बिस बमन गर्दै बिप्लवलाइ लुटेराको नेता भन्न ओलि अहंकार उद्धत बन्यो ।

आफ्ना निकृस्ट र हठात आरोप हरुको बाढी चलाए । तथापी बिप्लव प्रकाण्डहरुले आफ्नो संयमता, धैर्यता र जनउत्तरदायिता लाई कहिलै भुलेनन । आखिर को थियो लुटेरा ? को थियो लुटेरा दलालहरुको ठेकेदार नेता रु को थियो भ्रस्टाचारी ? जनताको अगाडि छर्लङ्गै छ । त्यसैले समीक्षा यहाँ गर्न आवश्यक छ, आखिर हिंसाको कारण बिप्लवको संमयता हो कि ओलिको अंहकार ? टिप्पणिकारका कलमका मसिहरु जनताको बिचमा खडा भएको दुई बिपरित धार पुजिंवादी लुटेरा सत्ता र यसको बिकल्प बैज्ञानिक समाजवादी सत्ता दिइरहेको नेपाल कम्युनिस्ट पार्टीद्वारा संचालित एकीकृत जनक्रान्तिबिचको टकरावपुर्ण बिगत र वर्तमानका वास्तविक, यथार्थ र तथ्यपरक सत्यमा सल्बलाउनु पर्छ । यहि न्यायोचित हुन्छ ।

ओलिको कथित रास्ट्रवादले सिके रावत जस्तो पृथकतावादीलाई देख्यो र रातो कार्पेट टक्रायो तर बिप्लवको रास्ट्रीय स्वाधिनताको आन्दोलन र जायज मागहरुलाइ ओलिको अहंकारले सदैब तिरस्कार गरिरह्यो ।

दुनिंया जगतले देखिसक्यो एकीकृत जनक्रान्ती र बिप्लवलाई, खुल्ला मंचमा लाखौं जनताहरुबीच बिप्लवले गरेको संवोधनलाइ तर कुनै कुनै मंचमा गएर बिप्लव को हो म चिन्दिन भनेर ओलिको अहंकार बोलिरह्यो । ओलिको कथित रास्ट्रवादले सिके रावत जस्तो पृथकतावादीलाई देख्यो र रातो कार्पेट टक्रायो तर बिप्लवको रास्ट्रीय स्वाधिनताको आन्दोलन र जायज मागहरुलाइ ओलिको अहंकारले सदैब तिरस्कार गरिरह्यो । वार्ताको हल्ला चलांउदै दमनका घिनलाग्दा दुश्चक्रहरु ओलियनहरुले चलाइरहे ।

सरकारको नेतृत्व गरेको र आंफुलाई लोकतन्त्रवादी, समाजवादी भन्ने चाटुकार ओलिसंग थोरै पनि जवाफदेहिता थियो भने इमान्दारितापुर्वक वार्ताको वातावरण बनाएर एक पटक कुरा सुन्ने हिम्मत गर्नुपर्थ्यो । लोकतन्त्रको आवरणमा फासिवादि हैकम संचालन गरिरहेका संसदवादीहरु यदि यो राज्यप्रती इमान्दार हुन्थे भने सबै पक्षको आवाजहरुलाइ सुन्न तयार हुन्थे र राज्यको आगामी दिशाको योजना बनाउन सहमतिको निम्ति प्रयत्न गर्ने थिए ।

रास्ट्र र जनता माथी संकट थोपरेर सो बिरुद्ध उठेको आवाजको सुनुवाइ गर्नुको साटो हिंसात्मक प्रतिबन्ध लाददै जनहत्यामा उत्रीएको ओलिको अहंकार दोसी छ कि बिप्लवको अहिलेसम्मको संमयमता रु राज्यविहिनताको वातावरण बनाउने ओलिको भ्रस्ट कमिनापन हानिकारक कि बिप्लवको देशप्रेम र जनताको मुक्तिको सपना ? समीक्षा यहाँ गर्न आवश्यक छ महासय ।

त्यसैले बिरोध अहंकारी ओलिको हिंसात्मक प्रतिबन्धको गर्ने कि बिप्लवि प्रतिरोधको ? न्याय बोल्न हिम्मत चाहिन्छ महोदय । तपाइँका अखबार र अनलाइनहरु न्याय बोल्न सक्छन रु मेरो प्रश्न रहेको छ ।

पटक-पटक सच्चिन अनुरोध गरेको स्पस्ट छ । कारणले परिणामलाई निम्त्याएको छ । ओलि अहंकारले लादेको हिंसात्मक प्रतिबन्ध र जनदमनलाई भुलेर बतासे टिप्पणिकारहरु यहि मोरङ्ग घटनालाई उचाल्न खोजिरहेका छन ।

२३ गते मंगलवारका दिन मोरङ्गमा एउटा दुःखद घटना घट्यो । नेपाल कम्युनिस्ट पार्टीद्वारा जारी गरिएको बिज्ञप्ति अनुसार मृतकलाई पटक-पटक सच्चिन अनुरोध गरेको स्पस्ट छ । कारणले परिणामलाई निम्त्याएको छ । ओलि अहंकारले लादेको हिंसात्मक प्रतिबन्ध र जनदमनलाई भुलेर बतासे टिप्पणिकारहरु यहि मोरङ्ग घटनालाई उचाल्न खोजिरहेका छन ।

स्मरण रहोस पुर्वमा ओलि अहंकारले लादेको अचाक्ली दमन र दमनका मतियारहरु बिरुद्ध पार्टिले अधिकतम लचकदार बनेर आफ्नो संमयमता प्रदर्शन गरेको पनि सबैमा जाहेर छ । तर के सहनशिलता कमजोरी हो ? सहनशिल बन्नु भनेको पराजित र निकम्मा बन्नु हो ?

सहनशिलताको नाममा हजारौं शहिदहरुको सपना र नेपाली जनताको चाहनालाइ गुफामा थुन्नु जायज हुन्छ ? के परिस्थितीले आफू बिरुद्ध लादिएका फलामे सांङ्ग्लाहरु तोडेर अगाडि बढ्ने प्रयत्न गर्दैन ? के अर्जुनले भिस्मपितामहको बध गर्नुपर्ने अवस्था बनेन ? निश्चित गन्तव्य बनाएको यात्रीले आफ्नो सडकका कांडेतार र पथ्थरहरु पन्छाउनु पर्दैन ?

जनताको न्यायको निम्ति कोहि खाइनखाइ, लड्दै–मर्दै भिरमा हिंड्ने, अनि उनी तिनै जनताको न्यायका निम्ति संचालन गरिएको आन्दोलनमा तगारो बन्नु जायज हुन्छ ? सुराकी गर्नु एक निन्दनिय र अक्षम्य अपराध हो ।

मोरङ्ग घटनामा मृत्यु प्राप्त गर्ने शिक्षक ग्रामिण दुरदराजमा बस्ने एक नेपाली नागरिक हुन तर के त्यो ग्रामिण भेगप्रती ओलि अहंकारले लादेको उत्पिडनप्रती उनी संवेदनशिल बन्नु पर्दैन थियो होला रु उनले गरेको सुराकी कर्म केका लागि र कसको लागि यति भेद उनले खोट्याउनु पर्दैन थियो होला ? तिनै जनताको न्यायको निम्ति कोहि खाइनखाइ, लड्दै–मर्दै भिरमा हिंड्ने, अनि उनी तिनै जनताको न्यायका निम्ति संचालन गरिएको आन्दोलनमा तगारो बन्नु जायज हुन्छ ? सुराकी गर्नु एक निन्दनिय र अक्षम्य अपराध हो ।

अपराधको दण्ड जो कोहि त्यस्तो कर्म गर्ने ले ढिलो या चांढो भोग्नै पर्छ । कि त मुक्ती या मृत्युको सपथ लिएर हिंडेका योद्धा नेपाल र नेपाली जनताका गर्व हुन, सम्पती हुन । उनिहरुको सुरक्षामा कसैले पछाडिबाट तीर हान्छ भने पक्कै पनि जनताले त्यस्ता भेदीहरुलाइ बांकी राख्दैनन ।

भोलि को रहला ? को नरहला ? कसको छातिमा गोलि दागिएला या कसलाई बेपत्ता पारिएला तर निश्चित छ दलाल पुंजिवादि लुटेरा सत्ताबाट नेपाली जनतालाइ मुक्त गरेर बैज्ञानिक समाजवादि सत्ता स्थापना गर्ने क्रान्तिको सपना कहिलै मर्दैन ।

भोलि को रहला ? को नरहला ? कसको छातिमा गोलि दागिएला या कसलाई बेपत्ता पारिएला तर निश्चित छ दलाल पुंजिवादि लुटेरा सत्ताबाट नेपाली जनतालाइ मुक्त गरेर बैज्ञानिक समाजवादि सत्ता स्थापना गर्ने क्रान्तिको सपना कहिलै मर्दैन ।

यो रक्तरंजित सपना भोलि कोहि योद्धा भएर अवश्य उठ्ने छ र क्रान्ती बिरोधीहरुलाइ दण्डित गर्ने छ । निश्चिय छ एकीकृत जनक्रान्तिले झापा बिद्रोहका सुराकीहरुको त्यतिबेलाको दुश्कर्म पनि खोतल्ने छ । नेत्र घिमिरे, बिरेन राजवंशी लगायत त्यसबेलाका योद्धाहरुको सुराकी गर्नेलाई पनि सजाय दिने छ ।

क्रान्तिमा कम भन्दा कम क्षति होस भन्ने र जनताको सुरक्षालाई नै अधिकतम प्रथामिकतामा नेपाल कम्युनिस्ट पार्टिले राखेको पार्टिका हरेक गतिबिधीबाट थाहा पाउन सकिन्छ । र, यसमा महासचिब बिप्लवको संवेदनशिलता र संमयमता अधिकतम पाउन सकिन्छ ।

जनयुद्धका सुराकीहरु पनि यो दण्डबाट उम्केर स्वतन्त्रताको हावा खाएर संधै उन्मुक्त हिंड्न सम्भव छैन । कोही नेपालीले अनाहकमा नमरुन, क्रान्तिमा कम भन्दा कम क्षति होस भन्ने र जनताको सुरक्षालाई नै अधिकतम प्रथामिकतामा नेपाल कम्युनिस्ट पार्टिले राखेको पार्टिका हरेक गतिबिधीबाट थाहा पाउन सकिन्छ । र, यसमा महासचिब बिप्लवको संवेदनशिलता र संमयमता अधिकतम पाउन सकिन्छ ।

तथापी ओलीको अंहकारी फासिवाद जनहत्यारो बनेको छ, ओलिको निकृस्ट अहंकार समाजमा देखिएका हरेका हिंसाका कारणहरु बन्न पुगेका छन । त्यसैले ओलीको अहंकार र गैरजिम्मेवारी पन नै हिंसाको प्रमुख कारण हो । यो मुलुकलाई ओलीको अंहकारी हिंसाबाट बचाऔं, ओलियन अहंकारी फासिवादलाई सत्ताबाट गलहत्याएर बैज्ञानिक समाजवादी सत्ताको स्थापना गरौं ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.