News of Nation

बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणा

काठमाडौं, ३० मंसिर–अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेन विजयी भएको औपचारिक घोषणा भएको छ ।

देशभरका इलेक्टोरल कलेज सदस्यले बाइडेनको जितलाई औपचारिकता दिएका हुन् । अब बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । अब बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन् ।

गत नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका हुन् । २३२ इलेक्टोरल कलेज मत मात्र पाएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएका छन् । अमेरिकी प्रणाली अनुसार मतदाताले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोलर कलेज सदस्यले राष्ट्रपतिका लागि मत दिन्छन् ।

विभिन्न राज्यमा मत परिणाम उल्टाउन ट्रम्पले गरेको प्रयास असफल भएको छ । चुनावमा धाँधली भएको दाबीसहित उनले दायर गरेका मुद्दा आधारहीन ठहर गर्दै तल्लोदेखि सर्वोच्च अदालतसम्मले खारेज गरिसकेका छन् । एजेन्सी

Facebook Comments

Leave A Reply

Your email address will not be published.