News of Nation

‘सयौ जुनी भए पनि’ म्युजिक भिडियोबाट मोडल पञ्च शेर्माको चर्चा

काठमाडौ, ५ पौष–काठमाडौको अनामनगरस्थित बिहानी क्याफेमा युथ ग्रुप नेपालले पत्रकार सम्मेलनमार्फत सयौ जुनी भए पनि नामक गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । क्यानाडामा निर्माण गरिएको उक्त गीत आज एक कार्यक्रमबीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा युथ ग्रुप नेपालको सल्लाहकार रन्जन लिम्बुको सभापतिमा भएको कार्यक्रममा निर्माता तथा अग्रज पत्रकार कुमार ओझाले प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रम दुई दर्जन भन्दा बढी पत्रकार तथा कलाकारहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम उपस्थित अग्रज पत्रकार कुबेर गीरिले आफ्नो देश भन्दा बाहिर रहेर नेपाली गित संगीतलाई निरन्तरता दिएर भिडियो निर्माण हुनु गर्बको कुरा रहेको भन्दै निर्माण पक्षलाई धन्यवाद तथा सुभकामना दिएका थिए ।

त्यसैगरी, सो कार्यक्रमका प्रमुख आतिथ्य कुमार ओझाले मोडल पञ्च शेर्माको अभिनयको तारिफ गरेका छन ।

गितले आफ्नो मन छोएको भन्दै आफ्नो बिगत याद दिलाएको बताए । उहाले गीतसंगै भिडियो पनि उकृष्ट बनेको दाबी समेत गरेका छन । उनले भने–अलिकती भिडियो बनाउदा छायांकनले विशेष ध्यान दिए अझ राम्रो हुने भन्दै आगमी दिनमा पनि यस्तै प्रगतिको कामना गर्छु । कार्यक्रम अधिकाङ्स पत्रकार तथा कलाकारहरूले मोडल पन्च शेर्मा लिम्बूको अभिनयको उच्च प्रसङ्सा गरेका थिए ।

पुष्पराज बरालको शब्द संगीत रहेको गीतलाई मेलिना राई र पुष्पराज बरालले स्वर दिएका छन । भिडियोमा पञ्च शेर्मा लिम्बू र भिपिनले अभिनय गरेका छन भने यस्लाई छायांकन, सम्पादन र निर्देसन इशोर थापा, टेक्निकल सपोर्ट गोबिन्द नेपाल र पुष्कर भट्टले गरेका छन ।

भिडियोको पोष्टर सुदिप शर्माले बनाएका थिए । भिडियोलाई सेवारो युवटुब मार्फत सार्बजनिक गरेको थियो भने यस्लाई नेपालस्थित युथ ग्रुप नेपालले सहकार्य भुमिका निर्बाह गरेको छ ।

युथ ग्रुप नेपालले आयोजना गरेको पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा प्रबन्ध निर्देशक अशोक क्षेत्रीले मोडल पन्च शेर्मा एउटा सफल कलाकार भएको उल्लेख गर्दै यो भिडियो उत्कृष्ट बनेको दाबी गरेका छन ।

उक्त कार्यक्रम मार्फत क्षेत्रीले एउटा फुल नामक चलचित्र निर्माणको घोषणा समेत गरेका छन । उनले सो चलचित्रको कलाकार छनौटको निम्ती अहिले अडिशन थालिएको जानकारी समेत गरेका छन ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.