News of Nation

कोरियन प्रविधिबाट व्यवसायिक प्याज खेती

झापा, १४ पुस–झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका वडा ६ का किसानले व्यवसायिक प्याज खेती थालेका छन। झापा गाउँपालिका ६ को चन्द्रकित्ता आसपासमा २२ बिगाह जग्गा भाडामा लिई प्याज खेती गरिएको हो ।

फिदिम-११ का सुमन न्यौपाने, बुद्दशान्ती–३ झापाका केशब भुर्तेल र झापा गाउँपालिका-६ का सोमनाथ प्रसाईं तीन जना मिलेर व्यवसायिक प्याज खेती थालेका हुन्। वैदेशिक रोजगारीका क्रममा कोरियामा हासिल गरेको सीपलाई प्रयोग गरी नेपालमै व्यवसायिक प्याज खेती गर्न थालिएको केशब भुर्तेलले बताए। उनले स्थानीय स्तरमा व्याजको माग अध्यधिक भएकाले प्याज उत्पादन गर्न उत्साहित बनेको बताए । जमिनमा प्याजका बेर्ना लगाउदै गरेकाले सबै क्षेत्रफलमा प्याज रोपिसक्दा यसको लगानी करिव ४०देखि ४५ लाख पुग्ने भुर्तेलको अनुमान छ।

२२ बिघाह १० वर्षका लागि वर्षको प्रती बिघाह ३० मन धान दिने सर्तमा लिजमा लिएर आफुहरुले व्यवसायिक प्याज खेती गर्न थालेको अर्का कृषक सोमनाथ प्रसाईले जानकारी दिए । हाल उनीहरुले प्रति बिघाह दस हजार केजी प्याज फलाउने लक्ष्य लिएका छन् । प्याज खेती गरिरहँदा प्याजका बेर्ना रोप्न,माटो बनाउन,पानी लाउन कम्तीमा ४० जनालाई रोजगारी दिएको प्रसाईबताउँछन् । अहिले परिक्षणमा २२ विघाहमा खेती गरिए पनि पछी ५० बिघाह क्षेत्रफल सम्म खेती गरिने लक्ष्य रहेको प्रसाईले जानकारी दिए ।

झापामै पहिलो नमुना प्याज खेती आफ्नो क्षेत्रमा भित्र्याउँदा स्थानिय खुसी भएको उनीहरुको भनाई छ । कोरियन प्रविधिबाट बाजो रहेका जग्गामा प्याज खेती गर्दा आफुहरुलाई गौरब महसुस भएको स्थानियले बताए। भारतको निर्भरतामा बाच्नु परेकोले अब यसरी नेपालमै खेती हुदाँ प्याजमा आत्मनिर्भरता बढेको स्थानिय कमलप्रसाद भट्टराईले बताए। भट्टराईले यसरी व्यसायिक खेतीले रोजगारी समेत बढाएको भन्दै खुसी व्यक्त गरे। उनीहरुले व्याजखेती गरेसँगै स्थानीयले रोजगारी पाएका छन् ।

यसअघि सप्तरी, बारा ,सिराहा ,रौतहट,कैलाली ,रूपन्देही, धनुषा, सर्लाही, खोटाङ्मा प्याजको व्यवसायिक खेती गरिन्छ अहिले झापामा भने यो नौलो मानिएको छ । खास गरेर मङ्सिर देखि पुष महिनामा प्याज लगाउने गरिन्छ । यी महिनामा उत्पादन अत्याधिक हुनाले प्याज खेति गरेका किसानहरुले उचित बजार भाउ पाउदैन ।

हाल आएर नेपालमा बेमौसमी प्याज खेती प्रविधिको विकास भएको छ जसले गर्दा नेपालमा दशैँको बेलामा प्याजको पातलाई बजारमा पुर्याएर राम्रो आम्दानी लिन सकिन्छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.