News of Nation

साताको पहिलो दिन ७०० ले घट्यो सुन

काठमाडौं, ४ माघ–साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ घटेको छ।

शुक्रबारको तुलनामा ७ सय रुपैयाले घटेर छापावाल सुन तोलाको ९१ हजार ८ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ। छापावाल सुनको भाउ शुक्रबार ९२ हजार ५ सय रुपैया थियो।

सात सय रुपैयाले नै घटेको तेजावी सुनको मूल्य आज ९१ हजार ३ रुपैया निर्धारण गरिएको महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य ३० रुपैयाले घटेर १२ सय ३० रुपैयामा कारोवार भइरहेको छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.