News of Nation

सुनको भाउ ७०० ले घट्यो

काठमाडौं, १४ माघ–सुनचाँदीको भाउ घटेको छ । बुधबार सुनको मूल्य तोलामा ७०० ले घटेको हो । चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार १०० कायम गरेको छ । हिजो तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि तोलामा ७०० रुपैयाँले नै घटेर तोलाको ९१ हजार ६०० कायम भएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.