News of Nation

चलचित्र ‘आमा’ युट्युबको एक नम्बर ट्रेन्डिङमा

काठमाडौं, १९ माघ–नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबको एक नम्बर ट्रेन्डिङमा आइपुगेको छ । युट्युबमा अपलोड गरेको दुई दिनमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो ।

दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् । चलचित्रले राम्रो समीक्षा पाएको थियो ।

गत वर्ष फागुन ९ गते हल रिलिज भएको चलचित्र कोरोनाका कारण चैत ७ गतेबाट हल बन्द भएपछि बीचमै अलपत्र परेको थियो । नौ महिनापछि पुस १० गते सिनेमा हल खुल्दा पुनः यो चलचित्र रिलिज भएको थियो ।

डीएस डिजिटलको प्रस्तुती चलचित्र ‘आमा’मा शर्मिला पाण्डेको लगानी रहेको छ । सोही निर्माण युनिटले अहिले ‘चिसो मान्छे’ निर्माणको तयारी गरिरहेको छ । यसमा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.