News of Nation

तोलामा ४०० ले बढ्यो सुनको भाउ

काठमाडौं, १७ फागुन–साताको दोस्रो दिन सुनचाँदीको भाउ बढेको छ। साताको अन्तिम दिन र पहिलो दिन पाँच पाँच सयले घटेको सुनको भाउमा आज भने उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाला सुन तोलाको ८८ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार २५० रहेको छ।

त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.