News of Nation

टोटेनहमको साँघुरो जित

काठमाडौं, २१ फागुन–प्रिमियर लिग फुटबलमा टोटेनहमले जित साँघुरो जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले फुलहमलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

फुलहमको घरेलु मैदानमा भएको खेलमा टोटेनहमले आत्मघाती गोलबाट जित निकाल्न सफल भएको थियो ।

खेलको १९ औं मिनेटमा फुलहमका टोसिन अद्रोवियोले गरेको आत्मघाती गोलले टोटेनहमले जित निकाल्न सफल भएको थियो ।

जितसँगै लिगमा २६ खेल खेलेको टोटेनहमले ४२ अंक जोडेको छ । टोटेनहम तालिकाको आठौं स्थानमा छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.