News of Nation

तोलामा चार सयले बढ्यो सुन

काठमाडौँ, १ चैत–स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४ सय रुपैयाँले उकालो लागेको छ। चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो। यस्तै, तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ। शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलामा रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.