News of Nation

विकृति बन्दै गर्भपतन

सल्यान, १० चैत–सल्यानमा गर्भपतन गराउने महिलाको संख्या बढिरहेको छ । नेपालका मौजुदा कानुन तथा ऐनले १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेसँगै सल्यानमा गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको हो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७र०७८ को साउनदेखि फागुन मसान्तसम्म २१५ जनाले गर्भपतन गराएका छन् । गत आर्थिक वर्षमा जम्मा २३३ जनाले गर्भपतन गराएका थिए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले भने ‘गर्भपतन कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भएपनि पछिल्लो समय विकृति नै बन्न थालेको छ ।’

चालू आर्थिक वर्षमा २० वर्ष मुनिका १० महिलाले गर्भपतन गराएका छन् भने २० वर्ष माथिका २०५ महिलाले गराएका छन् । गत आर्थिक वर्षमा २० वर्ष मुनिका १४ र २० वर्ष माथिका २१९ महिलाले गर्भपतन गराएका थिए ।

सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि हुनु आमाको स्वास्थ्यका हिसाबले चुनौतीपूर्ण रहेको डिसीले बताए ।

परिवार नियोजनका थुप्रै साधनहरू हुँदाहुँदै गर्भवती हुनुले परिवार नियोजनका साधन प्रयोगमा कमी आएको पनि पुष्टि हुने उनको भनाई छ । उनले भने, ‘परिवार नियोजनका साधन प्रयोग गर्ने भन्दा असुरक्षित यौनसम्पर्क गरी गर्भवती हुनुलाई विकृतिको रुपमा पनि लिन सकिन्छ ।’

सम्बन्धित महिलाको मन्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउनसक्ने अधिकार छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.