News of Nation

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एकरएक लाख दिने

काठमाडौं, १७ चैत–अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो ।

दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले एकरएक गोल गरेका थिए । बंगलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.