News of Nation

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित, यस्तो छ कारण

काठमाडौं, २२ चैत–नेकपा माओवादी केन्द्रको आइतबार विहान बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको थियो । तर, अधिकांश स्थायी कमिटी सदस्यहरु उपत्यका बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादीले कांग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको छ ।

शनिबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको निर्णयसँग नेपालको राजनीतिले कोल्टो फेरेको र चाँडै नयाँ सरकार बन्ने बताएका थिए । यसका लागि आफूले दलहरुसँग घनिभूत छलफल अघि बढाउने बताएका थिए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.