News of Nation

राष्ट्रवादी हुँ भन्ने ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरेः अध्यक्ष प्रचण्ड

सल्यान, २५ चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरेको बताएका छन् । आज सल्यानमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले संसद् विघटन गरेर ओलीले विदेशी शक्तिसामु आत्मसर्पण गरेको बताए ।

उनले ओलीले अहिले संविधान च्यात्ने काम शुरु गरेको बताए । कम्युनिष्ट पार्टीका नेताहरू कम्युनिष्ट पार्टी विघटन गरेको घटना स्मरण गर्दै उनले नेपालमा ओलीले जनताको अधिकार कुल्चिने काम गरेको आरोप लगाए । ‘केपी ओली नामको व्यक्तिद्वारा संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र समृद्धिको सपना किल्चिदिने र विदेशी शक्तिकासामु आत्मसमर्पण गर्ने घटना घट्यो’, उनले भने ।

त्यस्तै सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले–एमाले र माओवादी–माओवादी भनेर भन्न नहुने प्रचण्डको भनाइ छ । उनले अब जनताको तागतले नै आफू काठमाडौंमा बसेर शक्ति निर्माण गर्ने दावी गरे ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.