News of Nation

पत्रकार महासंघ चुनावः प्रदेश-१ मा एक हजार ४८७ मत खस्यो

विराटनगर, २५ चैत–नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयन गर्न प्रदेश नम्बर-१ का सबै जिल्लामा आज मतदान सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश कमिटीका अनुसार संखुवासभाबाहेक अन्यत्र कतै पनि विवाद भएन । प्रदेशका १४ वटै जिल्लामा सौहार्दपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

प्रदेश अध्यक्ष विक्रम लुइँटेलले दिएको जानकारीअनुसार गठबन्धनका उमेदवारको विषयमा संखुवासभामा विवाद हुँदा ढिलो गरी मतदान सुरु भएको थियो । प्रदेशभर कुल एक हजार ६१५ मतदाता रहेकोमा एक हजार ४८७ मत खसेको छ । प्रदेशमा २१ पदका लागि ४७ जनाले मनोनयन दर्ता गराएका थिए ।

प्रदेश(१ को अध्यक्षमा नेपाल प्रेस युनियनसहितको प्यानलबाट लीलावल्लभ घिमिरे र प्रेस चौतारीसहितको प्यानलबाट मोहनकाजी न्यौपाने अध्यक्ष पदमा प्रतिस्पर्धामा छन् । जिल्लाहरुमा मतगणना सुरु भएको र आजै राति अबेरसम्म नतिजा आउन सुरु हुने प्रदेश अध्यक्ष लुइँटेलले जानकारी दिए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.