News of Nation

नयाँ वर्षको दिन झापाका पर्यटकीयस्थलमा युवा-युवतीको घुइचो

दमक, १ वैशाख–कोरोनाको त्राशकाबीच नयाँ बर्ष २०७८ को अवसरमा झापाको मुख्य पर्यटकीय स्थलहरुसहित चौक–बजारमा आज युवायुवतीहरुको विशेष भिडभाड देखिएको छ ।

यसैबीच, शिबसताक्षी–१० मा अवस्थित दोमुखा, शिबसताक्षी–११ मा पर्ने सताक्षीधाम, झिलझिलेस्थित वाटर किङडम पार्क, सुरुङ्गास्थित जामुनखाँडी, सेल्फिडाँडा, धनुषकोटी, मेचीनगरको कालिका सिमसार, कमल गाउँपालिकाको स्माइल फन पार्क लगायतका स्थानहरुमा युवा युवतीहरुको बिशेष भिडभाड देखिएको हो ।

धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाम

नयाँ बर्षको दिन आफ्ना आफन्तहरु वा साथिहरुबीचमा शुभकामना साटासाट गर्न र रमाइलो गर्न युवा युवतीहरुको विशेष भिडभाड हुने गरेको दोमुखा पर्यटकीय विकास संस्थाका अध्यक्ष धनप्रसाद लावोतीले बताउनुभयो । अध्यक्ष लावोतीका अनुसार वैशाख १ गतेसँगै भ्यालेटाईन-डे लगायतमा विशेष महत्वका दिनमा युवा युवतीहरको दोमुखामा घुइचो लाग्ने गरेका छन् ।

त्यस्तैं, दमक नजिककैको कमल गाउँपालिकाको पाडाजुङ्गीस्थित रिभर भ्यु फन पार्क आजैबाट शुभारम्भ हुदैछ । एकसातासम्म उद्घाटनका कार्यक्रमहरु आयोजना गर्दै गरेको रिर्सोटमा आज चर्चित गायीका इन्दिरा जोशीको प्रस्तुती रहने सञ्चालक रुद्र कार्कीे बताउनुभयो । दमक रतुवा पुल पर्व नजिकैको रिर्सोटमा दमकवासीको निम्ति घुमघाम गर्न उपयुक्त स्थानको रुपमा लिन सकिन्छ ।

त्यस्तैं, कमल गाउँपालिकाको वडा नं ६ मंगलबारे बजार पुर्व झारबारीमा अवस्थित स्माईल फनपार्कमा पनि युवा युवतीहरुको भिडभाड हुने गरेको सञ्चालक देवान राईले बताउनुभयो ।

यता, झिलझिले चौकबाट उत्तरमा अवस्थित सताक्षीधाममा पनि धार्मीक पर्यटकहरुको घुइचो लाग्ने गरेको स्थानीयहरु बताउछन् । बन जङ्गलबीच चुरे पाहाडभित्र अवस्थित सताक्षीधाम मन्दिर धार्मीक दृष्टिकोणले देशभरीको प्रसिद्ध तीर्थस्थलहरु मध्ये एक हो ।

यता, झिलझिलेमा नै हालैमात्र स्थापना भएको वाटर किङडम पार्कमा  युवा-युवतीहरुको घुइचो देख्न सकिन्छ । खासगरी, जीपलाईन, साङकिलिङ र पौडी खेल्ने पारखीहरुका लागि वाटर किङडम पार्क उपयुक्त स्थलको रुपमा लिन सकिन्छ ।

झिलझिलेस्थित वाटर किङडम पार्क
Facebook Comments

Leave A Reply

Your email address will not be published.