News of Nation

भारतमा एकैदिन दुई लाख कोरोना संक्रमित थपिए, एक हजार ३८ जनाको मृत्यु

काठमाडौं, ३ वैशाख–भारतमा एकै दिन दुई लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ७३९ कोरोना संक्रमित पहिचान भएका छन् ।

सोही अवधीमा एक हजार ३८ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७३ हजार १२३ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार ५६४ पुगेको तथ्यांक छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.