News of Nation

गृहमन्त्री ‘बादल’ सांसद पदमुक्त

काठमाडौं, ५ वैशाख–संघीय संसद् सचिवालयले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रियसभा सदस्य पद रिक्त रहेको जानकारी गराएको छ ।

गत वैशाख ५ गते नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा सदस्य बादलले दल त्याग गरेको सूचना संसद्मा पठाएको थियो । संसद् सचिवालयले आइतबार सूचना टाँस गरेर त्यसलाई स्वीकृत गरिएको जनाएको छ । योसँगै उनको गृहमन्त्री पद पनि गुमेको छ ।

“नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट २०७४ सालको राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट निर्वाचित माननीय सदस्य रामबहादुर थापामगरले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ र दफा ३२ को उपदफा (१) को खण्ड (ख) बमोजिम दल त्याग गरेको व्यहोरा जनाई उक्त पार्टीको संसदीय दलले निर्णय गरी दफा ३४ को उपदफा (२) बमोजिम प्रक्रिया अगाडि बढाइदिन भनी सोही दलका राष्ट्रियसभाका नेता माननीय दीनानाथ शर्माद्वारा लिखित पत्रका साथ संघीय संसद् सचिवालयमा मिति २०७७।१२–२७ गते सूचना प्राप्त भएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) बमोजिम राष्ट्रियसभा सदस्य माननीय रामबहादुर थापामगरको पद रिक्त हुन आएकोले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रियसभाका सम्माननीय अध्यक्षबाट स्वीकृत भएबमोजिम यो सूचना प्रकाशित गरिएको छ,” पत्रमा उल्लेख छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.