News of Nation

बार्सिलोनालाई कोपा डेल’रे को उपाधि

काठमाडौं, ५ वैशाख–बार्सिलोनाले स्पेनिस कोपा डेल’रेको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिक क्लबलाई बार्सिलोनाले ४–० गोल अन्तरले हराएको हो ।

एथ्लेटिक क्लबको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई उपाधि दिलाउन कप्तान लियोनल मेस्सीले एक गोल गरे ।

त्यस्तै एन्टोली ग्रिजम्यान र डी योङले एक–एक गोल गरे । खेलको ६० औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

६३ औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ६८ औं मिनेटमा मेस्सीले गोल गर्दा बार्सिलोनाले ३–० गोलको अग्रता बनायो ।

७२ औं मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दृै टिमलाई ४–० गोलको जित दिलाए । योसँगै बार्सिलोनाले कोपा डेल’को उपाधि ३१ औं पटक उचालेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.