News of Nation

सिटीलाई हराउँदै चेल्सी फाइलनमा

काठमाडौं, ५ वैशाख–प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

एक साताअघिमात्र च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा स्थान बनाएको चेल्सीले आफूलाई एफए कपको उपाधि नजिक पुर्‍याएको हो ।

शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे । चेल्सीले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो ।

खेलको ५५ औं मिनेटमा जिएचले निर्णायक गोल गर्दै चेल्सीलाई फाइनलमा पुर्‍याएका हुन् । अब चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासँग खेल्नेछ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.