News of Nation

प्रदेश १ मा ४३ जना कोरोना संक्रमित थपिए

विराटनगर, ५ वैशाख–प्रदेश नं १ मा आज (आइतबार) ४३ जनाकोरोना संक्रमित थपिएका छन् । मोरंमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १२ महिला र १५ पुरुष सहित २७,बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या३० हजार ६४७ पुगेको छ । संक्रमितभएकामध्ये २९ हजार ९०९ जना संक्रमण मुक्त भएका छन् । संक्रिय संक्रमित २६६ जना छन् ।

प्रदेश १ माआज ३३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १८ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.