News of Nation

सिरियस राईको ‘नमान्नु अफ्ठेरो…’ सार्वजनिक

मोफसलमा बसेर संगीतमा संघर्षरत कुमार सिरियस राईले म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

नयाँ वर्षको अवसर पारेर, पथरी शनिश्चरे ९ मोरङका गायक सिरियसले ‘नमान्नु अफ्ठेरो…’ गीतको भिडियो सार्वजनिक गरेका हुन् । ९ मिनेट ३८ सकेन्ट लामो पूर्वेली लोक गीत कला घर सिन्धुलीको युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

चपौली, सिन्धुलीको रमणीय स्थलमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा कलाकार कमल श्रेष्ठ, सन्चिता थापा मगर, पदम भाइ, शिसिर, पबी रम्तेल र निरुता लामाले अभिनय गरेका छन् ।

सबै कलाकारहरु कला घरमा आबद्ध छन् । युनिश मेवाहाङको रचना रहेको उक्त गीतमा रुद्र श्रेष्ठले संगीत भरेका छन् भने निर्देशन पदम भाइले गरेका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.