News of Nation

चेल्सीको साँघुरो जित

काठमाडौं, १२ वैशाख–इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साँघुरो जित निकालेको छ । च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको चेल्सीले प्रिमियर लिगमा कमजोर प्रदर्शन गरेको हो ।

शनिबार राति भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित वेस्ट ह्याम युनाइटेडलाई १–० ले हरायो । चेल्सीलाई जित दिलाउन टिमबे वेर्नेरले निर्णायक गोल गरे । खेलको ४३औँ मिनेटमा वेर्नेरले गोल गरेका हुन् ।

४२औँ मिनेटमा फाबियानले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सी ३३ खेलबाट ५८ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । पराजित वेस्ट ह्याम ५५ अंक जोडेर पाँचौँ स्थानमा छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.